संभवत राष्ट्रपति बिधा देवी भण्डारी नै मुलुकको अन्तिम राष्ट्रपति

इनेप्लिज २०७९ फागुन ४ गते ११:२२ मा प्रकाशित

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुनु भन्दा पहिले लगभग गणतन्त्र व्यवस्था जाने पक्का पक्की भइ सकेको छ । संभवत राष्ट्रपति बिधा देवी भण्डारी नै मुलुकको अन्तिम राष्ट्रपति हो । म कुनै ज्योतिष होईन । मैले अनुमान लगाएको कुरा हो ।

आयोजक गणतन्त्रबादी नेता दुर्गा प्रसाईं को निमन्त्रणामा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह, श्री ५ अधिराज कुमारी प्रेरणा शाह र श्री ५ अधिराजकुमारी शीताष्मा शाह मैदानमा उतर्नु र महाअभियानमा सरिक हुनु नेपालको इतिहासमा नै नौलो घटनाक्रम हो । आजसम्म इतिहासमा यस्तो घटनाक्रम भएको थाहा थिएन ।

राजसंस्था फर्काउने सम्बन्धमा राजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईं माथि विश्वास छ । राजसंस्था अर्थात राजा ज्ञानेन्द्र शाहलाई पुनःस्थापना गराउने एजेन्डा जोसुकैले लिउन सबैले साथ दिनुपर्छ ।

गणतन्त्रबादी नेता दुर्गा प्रसाईंले जस्तै आजसम्म राजावादी भनौंदा हरुले राजा ज्ञानेन्द्र शाह र युवराजधिराज पारस शाहलाई मैदानमा उतार्न सकेनन किन मुख्य प्रश्न हो ? केही राजावादी भनौंदाहरुले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति र राजाको नाम लिएर व्यापार र झुठो खेती गरे । राजा ज्ञानेन्द्र शाहले पनि राजसंस्थाको एजेन्डा, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति र राजाको नाम लिएर अर्थात भजाएर व्यापार गरिरहेका राजावादीहरुको भरपर्न र विश्वास गर्न सकेनन । राजसंस्था फर्काउने सम्बन्धमा राजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रबादी नेता दुर्गा प्रसाईं माथि विश्वास र भर छ । आज प्रष्ट भयो राजा ज्ञानेन्द्र शाहलाई को आफना हुन र को पराया हुन भन्ने कुराको सहि पहिचान रहेछ । राजा ज्ञानेन्द्र शाह यथार्थमा नै चतुर खेलाडी हुन प्रमाणित भयो । वास्तविक रूपमा राजसंस्था चाहने राजावादीहरुले राजा ज्ञानेन्द्र शाहलाई यसरी मैदानमा उतार्न सक्ने सफल भएका आँट, हिम्मत र साहस भएका योद्धा दुर्गा प्रसाईंको टिम र टोलिलाई साथ र समर्थन दिनुपर्छ । राजसंस्था प्रति आस्था हुने राजावादीहरुको लागि परिक्षाको घडी हो । राजसंस्था प्रति आस्था हुने राजावादीहरु विचलित र डगमगाउनु कदापि हुँदैन । राजसंस्था चाहने राजावादीहरुले राजसंस्था फर्काउन दुर्गा प्रसाईंको टिम अर्थात टोलिलाई थप उर्जा दिनुपर्छ ।

वास्तविक राजावादीहरुले दुर्गा प्रसाईंको विरोध गर्न उपयुक्त हुँदै होईन । सामाजिक संजालमा केही राजावादीहरुले दुर्गा प्रसाईंको विरोध गरिरहेको देखेको छु । यथार्थमा राजावादी हरुलाई राजसंस्था चाहिएको हो । राजसंस्था अर्थात राजा ज्ञानेन्द्र शाहलाई पुनःस्थापना गराउने एजेन्डा जोसुकैले लिउन सबैले साथ दिनुपर्छ ।

आजसम्म दुर्गा प्रसाईंले जस्तै राजा ज्ञानेन्द्र शाहलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ महाअभियानमा प्रमुख/मुख्य अतिथिको रूपमा कमल थापा र राजेन्द्र लिंगदेन भनौंदा राजावादीहरुले उपस्थिति गराउन सकेनन किन ? राजा ज्ञानेन्द्र शाहले पनि कमल थापा लगायतका राजावादीहरुलाई पत्याउन र विश्वास गर्न सकेनन किन ? अर्को कुरा राजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई सक्कली राजावादीको रूपमा देखे । शायद त्यही भएर पनि राजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईं माथि विश्वास भएर राजा ज्ञानेन्द्र शाह दुर्गा प्रसाईंले आयोजना गरेको महाअभियानमा प्रमुख/मुख्य अतिथिको रूपमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह समेत राजपरिवारका सदस्यहरु उपस्थिति भएका हुन । यसकारण वास्तविक राजावादीहरु एकजुट हुन आवश्यक छ । वर्तमान समयमा छोटो मानसिकता, बुद्धि नभएका र रिस, डाह र जलन हुने हरुले मात्र दुर्गा प्रसाईंको विरोध गरिरहेका छन । दुर्गा प्रसाईं गणतन्त्रवादी नेता हो भनेर विरोध गर्नु गलत हो । गणतन्त्रवादी मुलुकमा पनि राजसंस्था छ सबैले बुझ्नुपर्ने यथार्थ हो ।

मुलुकमा राजसंस्था नचाहने तत्वहरुले विगतको समयमा पनि युवराजधिराज पारसको नाम बदनाम गरेका थिए र वर्तमान समयमा पनि पारसको नाम बदनाम गरिरहेका छन । यथार्थमा पारस खराब होईन । तर पटकपटक राजसंस्था प्रति वितृष्णा जगाउन पारसको नाम बदनाम गरिन्छ । मुलुकको हित र जनहितको लागि मुलुकमा राजसंस्था आवश्यक छ ।

आयोजक दुर्गा प्रसाईंको टोलिले अब काठमाडौं केन्द्रित गर्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ महाअभियान मा सैनिक संगठन, जनपद प्रहरी संगठन, सशस्त्र प्रहरी बल, बौद्धिक वर्गहरु, बुद्धिजीवी वर्गहरु, कानुनविदहरु, कर्मचारीहरु, युवा वर्गहरु र काठमाडौंवासीले निस्वार्थ रुपले साथ, समर्थन र सहयोग गरी व्यवस्था परिवर्तन अपरिहार्य छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया