यो सृष्टिमा मलाई माया गर्न जन्मिएकी हौ तिमि
मेरो बारेमा बुझेर मलाई माया गर तिमि
सुन्न त सुने मैले तिम्रा मायालु शब्दहरू
तिमि सँग बोल्न मैले खोज्दै छु शब्दहरू
यो माया मुटुमा गएर बसेको हुन्छ
सोचेर मन भित्रको गहिराइबाट हेरे पनि हुन्छ
मेरो बारेमा बुझेर मलाई माया गर तिमि
मन भित्रको गहिराइबाट सबै कुरा बुझिदेऊ तिमि
एकपल्ट मन मुटुको सम्बन्ध बसेपछि छुटिन गाह्रो हुन्छ
सत्य साँचो मायाले जिन्दगीको परिभाषा बदल्छ
हृदयबाट सत्य र साँचो माया गर्नुपर्ने हुन्छ
ती साथहरू र मायालुका हातहरू सम्झना आइरहन्छ
माया हो यो मनले सधैँ गरिरहन्छ
सबै कुरा बुझेर तिमिले बोल्दा पनि हुन्छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया