बुझेकै छौ नि प्रिय तिमीले मलाई
म “प्रेम” गर्न फेब्रुअरी १४ कुर्दिन
प्रदर्शन गर्ने बस्तु होइन प्रेम
फोटो पोस्ट्याउनै पर्ने हुँदैन प्रेम
अरूलाई देखाउनै पर्ने हुँदैन प्रेम
अरूलाई देखाउन मात्र गरिँदैन प्रेम
तर अहिलेको बजार जो छ नि प्रिय,
फोटो पोस्ट्याउने हरूको छ
नक्कले र नक्कलीहरूको छ
“देखाउने” नक्कली दुनियाँको जो छ
चाइनिज माल सामान जस्तै !
देख्दा राम्रो, सस्तो पनि…..
तर के गर्नु प्रिय,
मेड इन चाइना, आज छ भोलि छैन !!
त्यसैले तिम्रो प्रेमी देखाउन प्रेम गर्दैन
प्रेम गर्नेले बाहिर देखाउनै पर्दैन ।
– रामप्रसाद खनाल, फेब्रुअरी १५, २०२३
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया