खोटाङका किङकङ राईले बनाए गिनिज वल्र्ड रेकर्ड

इनेप्लिज २०७९ फागुन २ गते १२:२२ मा प्रकाशित

काठमाडौं । द मस्ट टेनिस वल टचेस युजिङ द ह्यान्ड इन वान मिनेट टाइटलमा खोटाङका किङकङ राईले गिनिज वल्र्ड रेकर्ड बनाउन सफल भएको छन् ।

उनलाई उपप्रधान तथा उर्जा सिचाइ जलस्रोत मन्त्री राजेन्द्र लिङदेलले गिनिज वल्र्ड रेकर्डकाे प्रमाणपत्र हस्तान्तरण गरेका छन् । मन्त्री लिङदेलले राईलाई मंगलबार कीर्तिमान कायम गरेको प्रमाणपत्र हस्तान्तरण गरेको कीर्तिमानी युवा संघका अध्यक्ष तथा गिनिज वल्र्ड रेकर्ड हाेडल्डर चित्रकुमार कार्कीले बताएका छन् ।

अध्यक्ष कार्कीले नेपाल र नेपालीकाे नाम चिनाउन चाहाने नेपाली युवाहरुलाई आफ्नो सधैं सहयोग रहने बताएका छन् । कार्कीको सहयोगमा नेपालमा थुप्रै गिनिज वल्र्ड रेकर्ड हाेल्डर बनेका बताएका छन् ।

आगामी दिनमा रेकर्ड राख्ने लाई सबै खाले सहयोग गर्ने कार्कीले बताए । राईले यस अगाडिको गिनिज रेकर्ड २७० स्काेर लाई ताेडेर ३२५ स्काेर बनाएका थिए । राईलाई मन्त्री लिङदेलले सिहदरवारकाे हलमा प्रमाणपत्र हस्तान्तरण गरेको बताएका छन् । कार्यक्रममा संचारकर्मी नरेन्द्र राैले टम्पसेर राई रियाज आचार्य श्याम लिम्बू हरी आलेमगर लगाएतकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया