के भयो दिलमा केही बुझ्न…………….

इनेप्लिज २०७९ फागुन २ गते ११:४८ मा प्रकाशित

के भयो दिलमा केही बुझ्न सकेको छैन
सँगै बस्ने मान्छे छुटिएर जाँदा भुल्न सकेको छैन

जीवनको मोड हो यो तिमिसँग भेट हुन सक्छ
जीवनमा पाहुना बनेर दिलमा डेरा गर्नुपर्छ
यो धर्तीलाई हेर्दा यही बसिरहूँ लाग्छ
बोल न बोल म सँग बोल्दा के नै बिगार हुन्छ ?

के नामले सम्बोधन गरूँ तिमिलाई मैले
अनेक सोच गरेको हुन्छ यहाँ मनले
के भयो दिलमा केही बुझ्न सकेको छैन
सँगै बस्ने मान्छे छुटिएर जाँदा भुल्न सकेको छैन

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया