गत फेब्रुअरी १२ आइतबारका दिन क्यान्सस सिटी अमेरिकी फुटबल(भकुण्डो)टोलीले ५७ औ एनएफएल निर्णायक खेल जितपछि प्रहरी विभागको मुख्यालयमा एक प्रहरी माथि गोली प्रहार भएको छ ।
खेल जितेको जितेको केही समयपछि विभागको मुख्यालयमा बन्दुकको गोली लागेर घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
विभागका अनुसार प्रहरी अधिकारीको स्वास्थ्य अवस्था जोखिम नरहेको बताईएको छ। गोली चलाउनुको कारण र स्रोत खुल्न सकेको छैन भनि एनबिसीन्यूजले जनाएको छ ।
प्रहरी अधिकारीलाई राति ९:३० बजे मात्रै गोली लागेको थियो । फिलाडेल्फिया ईगल्सलाई ३८-३५ ले क्यान्सस सिटी चिफ्सले हराएको १५ मिनेट पछि गोली काण्ड भएको हो ।
अधिकारीलाई तुरुन्तै अस्पताल लगिएको र सोमबार बिहान स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरी विभागले जनाएको छ । एनबिसीन्यूजका अनुसार गुप्तचरहरूले अनुसन्धान गरिरहेका छन भने कुनै थप जानकारी तत्काल जारी गरिएको छैन।
प्रतिक्रिया