न्यूयोर्कको ब्रुकलिनमा एक मालबाहक गाडीले सोमबार बिहान कम्तिमा ८ जनालाई ठक्करलाई ठक्कर दिएको छ भने जस मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएका छन् ।
सिबिएसन्यूजका अनुसार न्यूयोर्कको भाडामा संचालित यु हलको एक गाडीले ब्रुकलिनमा हिंस्रक ठक्कर दिदा धेरै मानिसहरू घाइते भएको जनाएको छ ।
उक्त मालबाहक गाडी (ट्रक)ले पैदल यात्रुहरू, दुई चक्रवाहन )साइकल चालकहरू र एकजना प्रहरी अधिकारीलाई बे रिज छिमेकका सात विभिन्न स्थानहरूमा ठक्कर दिएको पत्रकार सम्मेलनमा न्यूयोर्क शहरका प्रहरी आयुक्त कीचान्त सेवेलले बताइन ।
विवरण दिने क्रममा सेवेलले संदिग्ध चालकलाई ब्हिरासतमा लिइएको बताइन। अनुसन्धानकर्ताहरूका अनुसार उक्त श्रृंखलाबद्ध आक्रमणहरू जानाजानी गरिएको हो या यस बिषयमा थाहा नभएको सेवेलले पत्रकारहरूलाई भनिन ।
“यस समयमा हामीसँग यस घटनामा कुनै आतंकवादी संलग्नता रहेको कुनै संकेत छैन,” प्रहरी आयुक्तले भनिन । “यद्यपि ,सधैं झैँ, हामी न्यू योर्क प्रहरी बिभागले पूर्ण स्रोतहरूसँग यस घटना सम्बन्धमा अनुसन्धान जारी राख्ने उनले बताइन ।
पहिचान भएका आठै जनालाई उपचारका लागि क्षेत्रीय अस्पतालमा लगिएको छ । दमकलका अनुसार दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । बाँकी चार जना सामान्य घाइते भएको प्रहरी आयुक्तले बताइन ।
प्रतिक्रिया