टर्की र सिरियामा विनाशकारी भुकम्पबाट मृत्यु हुनेको कूल सॅख्या ३३ हजार १८१ नाघ्यो

इनेप्लिज २०७९ माघ २९ गते १६:३२ मा प्रकाशित

टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली विनाशकारी भुकम्पबाट मृत्यु हुनेको कूल सॅख्या ३३ हजार १८१ नाघेको छ ।

टर्कीमा मृत्यु हुनेको संख्या २९,६०५ पुगेको टर्की आपतकालीन समन्वय केन्द्र साकोमले आइतबार जनाएको छ।

सिरियामा मृत्यु हुनेको कुल संख्या ३,५७६ पुगेको छ । 

उत्तरपश्चिममा विद्रोही नियन्त्रित क्षेत्रहरूमा २,१६८ पुगेको  ‘ह्वाइट हेल्मेट’ नागरिक रक्षा समूह अनुसारले जनाएको छ । 

सिरियाको सरकारी नियन्त्रित भागहरूमा १,४०८ जनाको मृत्यु भएको सिरियाली सरकारी सॅचार माध्यमले जनाएको छ। 

प्रतिक्रिया