विनाशकारी भूकम्प गएको ६ दिनपछि टर्कीद्वारा निर्माण ठेकेदारहरु पक्राउ

इनेप्लिज २०७९ माघ २९ गते १३:१५ मा प्रकाशित

विनाशकारी भूकम्प गएको ६ दिनपछि टर्कीले निर्माण ठेकेदारलाई पक्राउ गरेको छ । टर्कीका अधिकारीहरूले घटिया र गैरकानूनी निर्माण विधिहरूमा संलग्न भएको कथित करिब १३० जनालाई पक्राउ वा पक्राउ पुर्जी जारी गरेका छन ।

भूकम्पकोले हजारौं भवनहरू ध्वस्त भएको छ दिनपछि आइतबार उद्धारकर्ताहरूले भग्नावशेषबाट केही बाँचेकाहरूलाई निकाल्न जारी राखेका छन् ।

आइतबार बिहानसम्म दक्षिणपूर्वी टर्की र उत्तरी सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या २८,१९१ पुगेको छ । साथै अन्य ८०,००० भन्दा बढी घाइते भएका छन् र शव फेला परेपछि अझै संख्या बढ्ने निश्चित भएको जनाईएको छ ।

यद्यपि टर्कीसँग कागजी रुपमा हालको भूकम्प-इन्जिनियरिङ (अभियन्त्रणा)मापदण्डहरू पूरा गर्ने निर्माण संहिताहरू छन् तिनीहरू धेरै विरलै लागू हुन्छन भनि सिबिएसन्यूजले समाचारमा जनाएको छ ।

टर्कीका उपराष्ट्रपति फुआत ओक्तेले शनिबार ढिलो गरी भत्किएका भवनहरूका लागि जिम्मेवार रहेको आशंकामा १३१ जनालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको बताए।

प्रतिक्रिया