राजुबाबु नौ कक्षामा पढ्दै थियो । एकदिन उसको बाबु वीरबहादुरले भने “बुझिस् छोरा तैँले मेहनतसाथ पढेर एस.इ.इ. मा प्लस ए ल्याएर उत्तीर्ण गरिस् भने मैले मेरो दुबै कान काटेर फाल्छु किनभने तँ सधैँ पढ्न भने गाह्रो मान्छस् ।” आफ्नो बाबुको यो भनाइले राजुलाई निकै बिझायो अनि उसले मेहनत गरेर पढ्नै छाड्यो । ऊ नौ कक्षाको वार्षिक परीक्षामा प्लस सी ल्याएर पास भयो र कक्षा दसमा पुग्यो । कक्षा दसमा पुगेपछि उसले एस.इ.इ. परीक्षा पास त हुनै प¥यो फेल भए भने आफ्नो सबै साथीहरुले जिस्क्याउछन् भनेर पढ्न थाल्यो ।
उसको काकाले उसलाई “राजुबाबु तिमीले यो वर्ष एस.इ.इ. परीक्षा राम्ररी दिएर प्लस ए ल्याएर पास हुन सक्यौ भने म तिमीलाई राम्रो लुगा किनिदिन्छु” भने तर उसले त्यो प्रस्ताव अस्वीकार गर्दै भन्यो “काका बुुबाले मलाई तैँले मेहनतसाथ पढेर एस.इ.इ. मा प्लस ए ल्याएर पास गर्न सकिस् भने मैले आफ्नो दुबै कान काटेर फाल्छु भन्नुभएको छ आफ्नो बाबुको कान काटेर फाल्न दिनको लागि मैले एस.इ.इ. परीक्षा मा प्लस ए ल्याएर पास गर्नै भएन नि ।” राजुको यस्तो जवाफले उसका काका अचम्मित भएर अनि सोच्न थाले छोरालाई सही प्रेरणा दिने काममा वीरबहादुर असफल भएछ ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं फोन नं. ४९५३५९४
प्रतिक्रिया