रामबहादुरकी श्रीमती गोमा वैवाहिक जीवनमा बाँधिएपछि दिनहुँ नुहाएर धर्म कमाउन खोज्दथिन् । आफूभन्दा तल्ला जातका उनको घरमा भेट्न आउँदा घरको मूलढोकाबाटै भित्र पस्न दिदैनथिन् । बाहिर नै बसेर गफ गरेर पठाउथिन् । आफूभन्दा तल्ला जातकाले पकाएको खाना पनि कहिल्यै खादैनथिन् ।
एकपटक आफ्नी जेठानीसँग जेठाजुले काम गर्नुभएको जिल्लातिर घुम्न पुगिन् । बाटोमा जेठानीले होटलमा खाना खाइन् । तर उनले खान मानिनन् । जेठाजु बस्नु भएको घरमा खाना पकाउने नेवार केटा थियो । नेवार केटाले पकाएको खाना म खान्न भनेर जेठानीलाई पिरोलिन् । खाना खान बस्दा भुइँमा पलेटी मारेर जुत्ता फुकालेर मात्र खाने गर्थिन् । तर जेठानीलाई उनको चलन मन पर्दैनथ्यो ।
सत्तरी वर्षको उमेरमा गोमाको श्रीमान् पदमबहादुरको क्यान्सर रोगले मृत्यु भयो । उनको उमेर पनि दिनपरदिन स्वभावत पाको भयो । छोराबुहारीहरुले पनि मन पराउन छाडे । आफ्नो सासूलाई नहेरिकन छुट्टिएर बसे । त्यसपछि गोमालाई दिनहुँ नुहाउन पनि गाह्रो पर्न थाल्यो । खाना पकाइदिने आफ्नै जातका मान्छे पाउन पनि सकिनन् । खाना पकाउने केटा मगर जातको भेटियो । उनले मनमनै स्वीकारिन् जातमा नेवारभन्दा मगर ठूलो !
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया