तिम्रो अनुहार हरिरहूँ भन्छ मेरो दिलले
मुटुमा ठाउँ राखेको छु तिम्रै लागि प्रीतले
तिम्रो समीप हुन मन किन आतुर भई रहन्छ
तिमि आए मेरो मन पनि उज्यालो हुन्छ
मेरा लक्ष्य पुरा गर्नको लागि सोच बनाएको छु
तिमिलाई सधैँ खुसी राख्ने बाचा गर्दछु
तिमि हौ आफ्नो मान्छे ख्याल ठट्टा हुन्छ
तिमि मेरो समीप आइदिए मन खुसी हुन्छ
तिम्रो अनुहार हरिरहूँ भन्छ मेरो दिलले
मुटुमा ठाउँ राखेको छु तिम्रै लागि प्रीतले
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया