राजनले प्रभालाई असाध्यै मन पराउथ्यो । कुनै दिन प्रभासँग भेट हुन सकेन भने उसको मन दुख्थ्यो । प्रभाले भने राजनलाई कत्ति पनि मन पराउदैनथिइन् । राजनले डिग्री गरिसकेपछि सरकारी जागिर खायो । प्रभाले पनि डिग्री गरिसकेपछि सरकारी जागिर खान थालिन् । दुबैजनाको विवाह भएको थिएन । राजनले प्रभासँग विवाह गर्न पाए हुन्थ्यो भनेर उसका साथीहरुलाई भन्यो ।
प्रभाले भने महेश नाम गरेको प्राइभेट अफिसमा जागिर खाने केटालाई मन पराउन थालिन् । महेशसँग वैवाहिक जीवनमा बाँधिन उनलाई ठूलो इच्छा लाग्यो । महेशको केहि महिना बितेपछि उनीसँगै काम गर्ने राधिकासँग विवाह भयो । त्यसपछि प्रभाको मन असाध्यै दुख्यो । रातमा निद्रा लाग्न छाड्यो । राजनसँग विवाहबन्धनमा बाधिनु पर्ला भनेर प्रभाले अन्तिम निर्णय गरिन् । राजनसँग नै प्रभाको विवाह हुन पुग्यो । प्रभाले सोच्दै नसोचेको हुन पुग्यो ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
प्रतिक्रिया