लघुकथा-संरक्षण

अरुणबहादुर खत्री “नदी २०७९ पुष २७ गते २:०४ मा प्रकाशित

वन मन्त्रीले एउटा गोष्ठीमा मञ्चमा उभिएर भाषण गर्दा “हामीहरुले वनजङ्घल आफूले पनि मास्न हुंदैन र अरुलाई पनि मास्न दिनुहुँदैन जनावरहरुको पनि स्याहार संभार गर्नुपर्छ” भनेर बोलेको कुरा कक्षा सातमा पढ्दै गरेको रमेशले ध्यान दिएर सुन्नपुग्यो । मन्त्रीको यो भनाईलाई रमेशले घरमा गएर आफ्ना बुबालाई “थाहा छ बुबा ! आज मन्त्रीले हामीहरुलाई वनजङ्घल आफूले पनि मास्न हुंदैन र अरुलाई पनि मास्न दिनु हुँदैन, जनावरहरुको पनि स्याहार संभार गर्नुपर्छ भन्नु भएको मैले राम्रोसंग सुने” भन्यो ।

त्यस्ता नेता मन्त्रीहरुको भनाइ तैंले पत्याउछस् कि क्या हो ! तिनै नेता र मन्त्रीहरुले वनजङ्घल मासेर वनजङ्घलका जनावर मार्छन् रमेशका बुबाले छोराको खिल्ली उडाए ।

त्यसो भए बुबा ! हामीहरुले वनजङ्घल मास्ने र शिकार खेलेर जनावरहरु मार्ने बिरुद्ध कडा कारवाही गर्नुप¥यो भनी सडकमा जाऔं र बिरोध गरौं ।


त्यसपछि रमेशले आफ्ना बाबलाई घचेड्न थाल्यो ।

                                         

प्रतिक्रिया