माफ माग्दा

– अरुणबहादुर खत्री “नदी” २०७९ पुष १५ गते ११:२२ मा प्रकाशित

आफ्नी भतीजीको विवाहको निमन्त्रणा कार्ड मोटरसाइकल चढेर बाड्दै हिँड्दा ठमेलमा एकजनाको घरमा पसेर निमन्त्रणा कार्ड बाडेर मूलगेटबाट बाहिर निस्कनासाथ बिरालोले बाटो काट्यो । बिरालोले बाटो काटेको आफ्नै आँखाले देख्ने बित्तिकै एकछिन हिड्न मन नलागेर त्यही उभिए । केही पर पुगेपछि ठमेलको सातघुम्ती जाने बाटोमा ट्राफिक प्रहरीले मलाई बोलाएर मोटरसाइकल रोक्न लगायो । “मोटरसाइकल रोकेर मलाई किन बोलाउनु भएको” मैले भने । “यो ओन वेको बाटोमा तपाईले मोटरसाइकल चलाउनु भएकोले मैले बोलाएको हुं खै तपाईको लाइसेन्स देखाउनुस् त” ट्राफिक प्रहरीले भने । मैले आफ्नो सवारी साधन चलाउने लाइसेन्स र आफू काम गर्ने कार्यालयको कर्मचारी परिचयपत्र दुबै झिकेर देखाए । ट्राफिक प्रहरीले “लाइसेन्स मलाई फिर्ता दिएन कर्मचारी परिचयपत्र मात्रै फिर्ता दियो र मेरो नाममा कुपन काटेर लाइसेन्स वडा प्रहरी कार्यालय सोह्रखुट्टेमा गएर लिनुस् है” भने ।

“मैले आफ्नो दाजुको छोरीको विवाहको कार्ड धेरै घरमा लगेर आजकै दिनमा दिएर सक्नु पर्नेछ भोलिको विवाहको लागि मेरो लाइसेन्स मलाई फिर्ता दिनुस् न म एकपटक माफ नै माग्छु तपाईसंग आंखाबाट आंसु झारेर” भने । “सोह्रखुट्टेमा गएर लिनुस्न लाइसेन्स” ट्राफिक प्रहरीले भने । सोह्रखुट्टेमा कहिले गएर मैले मेरो लाइसेन्स लिन पाउछु त” दिक्क मान्दै भने । “भोलि नै पाउनुहुन्छ” उसले भने । “भोलि मेरो दाजुको छोरीको विवाहले आफूलाई फुर्सद नै हुंदैन तपाईले मलाई माफ माग्दा पनि मेरो लाइसेन्स फिर्ता दिनु भएन म पनि तपाई जस्तै सरकारी कार्यालयमा काम गर्ने कर्मचारी हुं मेरो कर्मचारीको परिचयपत्र तपाईले हेरीहाल्नुभो कुनै दिन तपाईको पनि मैले काम गर्ने कार्यालयमा काम प¥यो भने तपाईलाई नझुलाएर कहाँ छाड्छु र ?” मैले भने ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया