सधै साथमा रहने भनेर गयौ.

इनेप्लिज २०७९ पुष ४ गते १६:२८ मा प्रकाशित

सधै साथमा रहने भनेर छोडि गयौ किन

सँगै जाउ भनेर बिच बाटोमा छोड्यौ किन

जिन्दगि भरि साथ दिन्छु भनेर भन्थ्यौ

तिमि साथमा भएन भने म कहाँ बाच्छु भन्थ्यौ

मलाई दु:खि बनाएर गयौ तिमि किन

सँगै जाउ भनेर बिच बाटोमा छोड्यौ किन

तिमिलाई दु:ख्दा मेरो मन दुख्छ भन्थ्यौ

तिम्रो लागि जे पनि गर्न सक्छु भन्थ्यौ

दिलमा मायाको आभास गरि गयौ किन

सँगै जाउ भनेर बिच बाटोमा छोड्यौ किन

 -गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया