ब्राम्प्टन, क्यानेडियन नेवाः गुठिले यस बर्षको “यःमरि पुन्हि” कार्यक्रम नारायण गोपाल स्मृति साँझ सहित सम्पन्न गरेको छ। कार्यक्रममा सबैलाई स्वागत गर्नु हुदै गुठिका अध्यक्ष प्रकाश प्रधानले नेवाः संस्कृतिको पर्ब यःमरि पुन्हिको बिशेष महत्व रहेको बताउनु भयो। गुठिका महासचिब बिमल श्रेष्ठले कोबिद-१९को कारणले गत दुई बर्ष सम्म प्रत्यक्ष रुपमा मनाउन नसकेकोमा यसपाली प्रत्यक्ष भेटघाट गरि मनाउन पाउन्दा धेरै खुसी लागेको बताउनु भयो।
यःमरी पुन्हिको समाज, बाताबरण, पौष्टीकता एवं कृषि संगको सामिप्यता बारे चर्चा गर्नु हुदै गुठिका उपाध्यक्ष उत्तम माकःजुले यःमरी मौसम अनुसारको पौष्टीक रोटी हुनुको साथै नेवाः संस्कारमा गर्भाबस्था देखि लिएर महादिब्य रथारोहण संस्कार सम्म प्रयोग हुनुले यसको सामाजिक महत्व झल्काउन्छ भन्नु भयो । यःमरी बनाउने बेलामा संग संगै चामलको पिठोको गणेश, मुसा, मानिस ईत्यादि बनाउने चलनले बाल शिक्षाको प्रतिबिम्ब दिन्छ भने सबै युबाहरु मिलि यःमरी माग्न जाने चलनले सामाजिक एकताको उदाहरण दिन्छ भन्नु भयो। नेवाः समुदायले यःमरी पुन्हिको भोलिपल्ट “मतिना पारु” (प्रणय दिबस) मनाउने प्रचलन धेरै पहिला देखि चल्दै आएको हो भन्नु भयो।
कार्यक्रममा कार्यसमिति सदश्य डा. कृष्ण कायस्ठले यःमरी पुन्हि तथा ज्यापु दिवस बारे कबिता बाचन गर्नु भएको थियो भने मिसा पुचःका संयोजक रन्जना सैन्जु तथा सह कोषाध्यक्ष चन्दा श्रेष्ठले गुठिका महिला सदस्यहरुको लागिआगामि हप्ता देखि अनलाइन नृत्य प्रशिक्षण संचालन गरिने जानकारी दिनु भयो।
कार्यक्रममा गुठिका संस्कृति सचिब सुरेन्द्र लाल श्रेष्ठले सहभागि सबैलाई धन्यबाद ब्यक्त गर्नुहुदै अर्को बर्ष बृहत रुपमा यःमरी पुन्हि कार्यक्रम संचालन गर्ने बाताबरण हुने आशा गर्नु भयो। सोहि कार्यक्रममा गुठिका महिला समुहले यःमरि बनाउने बिधि प्रदर्शन गरेका थिए।
कार्यक्रमको दोश्रो चरणमा स्व. स्वर सम्रात नारायण गोपालको स्मृतिमा उहाँको सांगितिक योगदान बारे चर्चा गरिएको थियो भने प्रकाश प्रधान, उत्तम माकःजु, बिमल श्रेष्ठ, सुमन राजबन्सी, सुरेन्द्र श्रेष्ठ, गीता पन्त, सबिना शाक्य, रंजना सैन्जु, अरुणा प्रधान, राजेन्द्र महर्जन, गोबिन्द घिमिरे, शिब कारन्जित, नरेश ताम्राकार लगायतले स्वर सम्रातका नेपाली तथा नेपालभाषाका गीत हरु प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया