पाहुना लघुकथा

– अरुणबहादुर खत्री “नदी” २०७९ मंसिर २५ गते ११:०३ मा प्रकाशित

पदमबहादुरको घरमा चिनेजानेका आफन्तहरु गफ गरेर समय बिताउन बेला बेलामा पुग्दथे । आफन्तहरु उसको घरमा पुगेपछि एककप चिया नखुवाई कसरी पठाउने भन्ने उसको मनमा लाग्थ्यो । आफन्तहरु दिनहुँ उसको घरमा जाँदा चिया पकाउन चिनी चियापत्ती र दूध धेरै किनेर ल्याउनु पथ्र्यो । चियामा खर्च बढेको हुँदा आफन्तहरु कहिलेकाही मात्रै आए पनि हुन्थ्यो नि उसले मनमनै भन्दथ्यो । उसकी श्रीमती मायादेवीले पनि “हाम्रो घरमा चिया खान पाइन्छ भनेर कोही कोही त दिनहुँ आउछन् उनीहरु आउँदा हामी उनीहरुसँग गफ पनि गर्नै प¥यो आफ्नो घरको काम भने गर्न नै पाइदैन” भनेर आफ्नो श्रीमान्सँग भनिन् ।

पछि गएर उनीहरुको उमेर ढल्केपछि भने पाहुनाहरु जानै छाडे । आफूले चिनेकाहरुलाई फोन गरेर “यसो बेला बेलामा हाम्रो घरमा आउँदै गर न” भनेर भन्दथे ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

वास्तविक नामः– अरुणबहादुर खत्री
साहित्यिक नामः– अरुण नदी खत्री
जन्म मितिः– २०२३ साल वैशाख १४ गते बिहीबार
बाजेको नामः– स्व. सेनानी बलिन्द्रबहादुर खत्री
पिताको नामः– स्व. प्रमुख सेनानी मीनबहादुर खत्री
माताको नामः– स्व. मिठु खत्री
हालको ठेगानाः– सामाखुसी मार्ग, ९३५÷५४, वडा नं. २६, काठमाडौं (नेपाल)
टेलिफोन नंः– ४३५३५९४ मोबाइल नम्बरः– ९८४१७९७६६४
शैक्षिक योग्यताः– बि.वि.एस.
पेशाः– अवकाश प्राप्त निजामती सेवा

प्रतिक्रिया