रौतहट
रौतहटको चन्द्रनिगाहापुरमा गल्फ लुब्रिकेन्ट्सको शो रुम संचालनमा आएको छ । जिल्लामा गल्फ लुब्रिकेन्टसको शो रुम संचालनमा आएको पहिलोपटक हो ।
गल्फ लुब्रिकेन्ट्सका कार्यकारी निर्देशक करण चौधरीले एक समारोहबिच चन्द्रनिगाहपुरमा शो रुमको उदघाटन गर्दै देशमा सबैभन्दा प्रतिष्ठित र विश्वका धेरै देशमा विश्वसनीय लुब्रिकेन्ट्सले रौतहट र आसपासका जिल्लाका उपभोक्तालाई सहज सुविधा प्राप्त हुने बताएका छन् ।
रौतहटमा नवयुवा व्यावसायी रवि जयसवालले गल्फ लुब्रिकेन्ट्सको विक्री वितरणको जिम्मा पाएका छन् । चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न शो रुम संचालनमा आएको र रौतहटका साथै अन्य जिल्लाका उपभोक्ताले सहज सेवा पाउने प्रतिबद्धता व्यावसायी जयसवालले व्यक्त गरेका छन् ।
उक्त अवसरमा रौतहटका विभिन्न प्रतिष्ठित उद्योगी, व्यावसायी तथा सम्मानित व्यक्तित्वको सहभागिता रहेको थियो । आफूले सम्भव भएसम्म सबै किसिमको सुविधा सोझै उपभोक्तालाई उपलब्ध गराउने व्यावसायी जयसवालको भनाइ छ ।
प्रतिक्रिया