म पनि जनता नै हो तर भेडा होईन । म मा सहि र गलत कुराहरूको विश्लेषण गर्ने क्षमता छ । भेडा जनताहरुले मुलुकमा गणतन्त्र ल्याएपछि आजसम्म मुलुकबाट पाउनुपर्ने सेवा सुविधाहरू के के पाए भन्ने मेरो प्रश्न रहेको छ ?
फेरि पनि भेडा जनताहरुले के के न ८८४ जना सांसद र नेताहरूले मुलुकको कायापलट नै गर्छ्न भन्ने ठानेका छन । मुलुकमा दलीय र गणतन्त्र व्यवस्था असफल भयो भन्ने कुरा मंसिर ०४ गतेको निर्वाचनले प्रमाणित गरेको छ । विक्रम सम्वत २०७९ साल मंसिर ४ गतेको निर्वाचनले पनि मुलुकमा निकास आउँदैन । जनताहरुलाई हात्ती आयो हात्ती आयो फुस्सा । मुलुकको वास्तविक शत्रु र मुलुकमा द्वन्द्वको जड नै नेपाली जनताहरु हुन ।
भेडा जनताहरु धेरै फुर्ति नदेखाऊ । तिम्रा सांसद र नेताहरूले आजसम्म मुलुकको हितमा के काम गरे ? मुलुकको जुन राजमार्गहरु र बाटोघाटोमा हिँडेका छौ, वीर अस्पताल, टिचिंग अस्पताल, गंगालाल अस्पताल लगायतका सरकारी अस्पतालमा उपचार गर्न भनी जान्छौं, सरकारी विधालयहरुमा पढन जान्छौं सबै राजसंस्थाको पालामा नै भएको हो । तिम्रा ६०१ जना सभासद, ८८४ जना सांसदले आजसम्म मुलुकमा उपलब्धि गरे के ? मुलुकमा भएको प्रायःजसो सरकारी कलकारखानाहरु बिराटनगर जुटमिल, भृकुटी कागज कारखाना, बाँसबारी छाला, हेटौंडा कपडा उद्योग, हेटौडा छाला उद्योग, बिरगंज चिनी मिल, कृषी औजार कारखाना, टिम्बर कार्पोरेशन अफ लिमिटेड, जनकपुर चुरोट कारखाना, ट्राली बस सेवा, हेटौडा काठमाडौं रोपवे, चौबार सिमेन्ट उद्योग, बुटवल धागो कारखाना, बालाजु कपडा उद्योग, हरि सिद्धी ईंटा उद्योग आदी इत्यादी सरकारी उद्योग र कल कारखानाहरु समेत बेचेर खाए सके । अझ तिम्रा माओवादीका नेताहरूले मुलुकको राष्ट्रिय संरचनाहरु समेत ध्वस्त पारे, पचासौं हजार सर्वसाधारण जनताहरुको हत्या गरे र मुलुकमा आवश्यक नभएको संघीयता संघीयताको नाममा मुलुकलाई तहसनहस पारी मुलुकको ढुकुटी रित्याउने काम गरे । पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार, नेपाल टेलिकम को फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार, बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने काम भएको छ । अझ फुर्ती देखाउँछौं लाजशरम लाग्दैन ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।
प्रतिक्रिया