जति नि अभावलाई सहन सकिन्छ तर ,
कसैको दबाबलाई होइन महोदय!
जस्तो बदनामीलाई नि सहन सकिन्छ तर,
कसैको अपमानलाई होइन महोदय!
दुई हात/पाउको ठेलाहरूलाई सहन सकिन्छ तर,
कसैको हेलाँलाई होइन महोदय!
बाहिरी चोटपटक जति सहन सकिन्छ तर,
कसैको अन्तर घातको कटाक्ष होइन महोदय!
अन्याय सहन सकिन्छ तर ,
तिम्रो अत्यचार होईन महोदय!
तृष्णा जति पनि सहन सकिन्छ तर,
तिम्रो तिरस्कार होईन महोदय!
विम्व सहन सकिन्छ
तर कसैको नक्कली देखावटी प्रतिविम्व होईन महोदय!
प्रेम/ विछोड सहन सकिन्छ
तर कसैको स्वार्थीपना र वचन होइन महोदय!
–रूपेश कार्की ( बद्री प्रयास) साहित्यकार तथा लेखक
✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक
प्रतिक्रिया