मुक्तक

रूपेश कार्की (बद्री प्रयास) २०७९ कार्तिक १७ गते २२:०० मा प्रकाशित

यता नाङ्गा भोका जनता बेहाल मा छन्

जता हेरेपनि आँसुनै आशुको तालमा छन्,

रित्याएर देशको ढुकुटी लाखौं करोडौ नेता महलमा,

 अनि तिनीलाई नेता बनाउने जनता त्रिपालमा छन्  ।

जहाँ सिटाममोलको अभावले जनता मर्छन,

त्यहि देशको नेता उखाने र कुखाने मात्र पर्छन ,

करोडौं को लक्जरीयस गाडी चढछन,

भाषण त सुखि नेपाली समृद्ध नेपालको गर्छन,

राष्ट्र  ढुकुटी  रित्याएर विदेशी बैक कहिले सम्म भर्छन।

जहाँ जनता उपचारगर्नको निमित एम्बुलेन्स  पाउदौनन,

नेता भनाउदा हेलिकप्टर  विना आउदैनन।

यहाँ हाम्रा दिदिवहिनीको सुरक्षा छैन दिन मै वलात्कृत हुन्छिन,

तर नेता सुरक्षा धेराभित्र इस्कटिङमा हिड्छन।

यो कथित क्रान्ति को झुट्टो राजनीति कहिले सम्म,

झुपडीबाट को विद्रोह को आवाज उठदैन  जहिले सम्म,

-रूपेश कार्की ( बद्री प्रयास) साहित्यकार तथा लेख

रूपेश कार्की (बद्री प्रयास)

✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक

प्रतिक्रिया