तिम्रो दिलमा पिरतिले………..

इनेप्लिज २०७९ कार्तिक ९ गते १०:३९ मा प्रकाशित

तिम्रो दिलमा पिरतिले घेरावन्दि गरिदिउकि
यो दिलमा जस्तो छटपटि तिमिलाई भयो कि

भेट हुदा पर बाट ए काले भनि बोलायौ
चारैतिर माया प्रेमको चर्चा चलाईदियौ
तिम्रो दिलमा पिरतिले घेरावन्दि गरिदिउकि
यो दिलमा जस्तो छटपटि तिमिलाई भयो कि

बिहे गरि लगनगाढो यसैपाली कसौ कि
तिमि सँग पिरतिको चोखो नाता जोडौ नि
तिम्रो दिलमा पिरतिले घेरावन्दि गरिदिउकि
यो दिलमा जस्तो छटपटि तिमिलाई भयो कि

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया