राजा ज्ञानेन्द्र शाहले अन्तर्राष्ट्रिय शक्तिहरुलाई रिझाएको भए सत्ता छोडनुपर्ने अवस्था आउने थिएन । राजा ज्ञानेन्द्र शाह विक्रम सम्वत २०६२/०६३ सालमा अर्थात विगतको समयमा मुलुकको हित र जनहितको लागि अडिग रहँदा सत्ता छोडनुपर्ने अवस्था आएको थियो । आजसम्म देशभक्त भएर राजा ज्ञानेन्द्र शाह परिवारले के उपलब्धि हासिल गर्नुभयो ? एकमात्र राजसंस्थाको कारण नै हाम्रो मुलुक नेपाल गुलाम हुन बाट बचेको थियो । तर आजसम्म पनि अवसरवादी, स्वार्थी, दहीचिउरे, पैसामा बिकाउ, मासु भात, दारु खानमा बिकाउ, लोभ लालचमा बिकाउ र पदमा बिकाउ नेपाली जनताहरुले मुलुकमा रहेको राजसंस्थाको महत्त्वलाई कदापि बुझेनन र मुल्यांकन गर्न सकेनन । मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै नब्बे प्रतिशत जनताहरु हुन । राजा ज्ञानेन्द्र शाहले अन्तर्राष्ट्रिय शक्तिहरुलाई रिझाएको भए, अन्तर्राष्ट्रिय शक्तिहरु संग हाँ मा हाँ कुरो मिलाएको भए, हातेमालो गरेको भए तथा राजा ज्ञानेन्द्र शाहले अन्तर्राष्ट्रिय शक्तिहरुको शर्त र चाहना बमोजिम काम गरेको भए देखि आजसम्म सत्ता छोडनुपर्ने अवस्था आउने थिएन । देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाह र राजा ज्ञानेन्द्र शाह परिवारहरुको लागि ठुलो भुल र अभिशाप ठहर भयो । राजा ज्ञानेन्द्र शाह देशभक्त भएर आजसम्म पाए के ? राजा ज्ञानेन्द्र शाह परिवारहरुले मेरो यथार्थ कुराहरूलाई बुझ्नुपर्छ । नब्बे प्रतिशत नेपाली नागरिकहरुलाई राष्ट्रियता सँग कुनै सरोकार नै छैन । राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर संभव छ ? यसकारण सतीले सरापेको देशमा मलाई राजा ज्ञानेन्द्र शाह परिवार जस्तो देशभक्त र उदारवादी बन्नु छैन ।
मुलुकको प्रणालीमा नै सुधार आवश्यक छ । मुलुकमा दोषी र जिम्मेवार नै ९०% नागरिकहरु छन । वर्तमान समय सत्ययुग होईन कलियुग हो यसकारण म राजा ज्ञानेन्द्र शाह जस्तो देशभक्त बन्दिन म अमेरिकाको राष्ट्रपति जो बिडेन, चाइनाको राष्ट्रपति सी जिनपिंग, भारतको प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर कोरियाको किम जोंग र रसियाको राष्ट्रपति भ्लादिमीर पुटिन सबै संग हातमा हात मिलाएर काँधमा काँध मिलाएर उनीहरूको शर्त र चाहाना बमोजिमको कार्य गर्ने छु । अन्तर्राष्ट्रिय शक्तिहरु र अन्तर्राष्ट्रिय नेताहरूलाई अवगत गराउन चाहान्छु ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६
प्रतिक्रिया