क्यानडामा  नेवाः परम्परा अनुसार “कुछि भ्वय्” कार्यक्रम सम्पन्न

इनेप्लिज २०७९ असोज १९ गते ९:३९ मा प्रकाशित

ब्राम्प्टन, क्यानेडियन नेवाः गुठिले मोहनि नखः (बिजया दशमि)को उपलक्षमा हालै “कुछि भ्वय्” कार्यक्रम सम्पन्न गरेको छ । बिजया दशमि पर्बको आठौं दिन अथबा महा अष्टमिको दिन नेवाः समुदायले आफ्नो परिवारको सबै सदस्यहरु बसेर “कुछि भ्वय्” खाने परम्परा रहे अनुसार गुठिले सो भोज आयोजना गरेको हो । चिउरा, छोयला, भटमास , साग, गेडागुडी, खसिको मासु, अमिलो, दहि, सिसाफुसा लगायतका परिकारहरु राखेर जेष्ठताको आधारमा बसेर सो भोज संचालन गरिएको थियो ।

कार्यक्रममा “कुछि भ्वय्” को महत्वबारे प्रकाश पार्नु हुन्दैगुठिका उपाध्यक्ष उत्तम माकजुले कुछि भ्वय् परिवारका सबै सदस्यहरु जेष्ठताको आधारमा बसेर खाइने भएकोले नेवाः समुदायको सामाजिक तथा पारिवारिक मर्यादाको प्रतिकको रुपमा रहेको छ भन्नु भयो। नेवाः समुदायको मोहनि नखः मनाउने बिधि तान्त्रिक हुने भएको र सो बेला लगाइने मोहनि (बिशेष कालो टिका) कालीको प्रतिक भएकोले भूत, प्रेत, पिशाचले दुख दिन नसक्ने जन भनाइ रहेको उहाँले बताउनु भयो ।


कार्यक्रममा गुठिका अध्यक्ष प्रकाश प्रधान तथा महासचिब बिमल श्रेष्ठ लगायतले उपस्थित सबैमा शुभकामना ब्यक्त गरेका थिए।

सो कार्यक्रममा गुठिका कोषाध्यक्ष राजेन्द्र महर्जनले युबा सदस्यहरुलाई नेवाः परम्परा अनुसार चंङ्गा कसैरि उडाउने भनेर प्रयोगात्मक प्रदर्शन गरिएको थियो। कार्यक्रमको अन्त्यमा गुठिका सदस्यरुले मालश्री धूनका गीत लगायत अन्य गीतको साथै नृत्य प्रदर्शन गरि मनोरन्जन प्रदान गरिएको थियो ।सो कार्यक्रमको संयोजन गुठिका सह कोषाध्यक्ष चन्दा श्रेष्ठ तथा दिनेश श्रेष्ठले गर्नु भएको थियो।

rpt

प्रतिक्रिया