पुर्टो रिकोमा फिओना समुन्द्री आँधिबाट २ फिट भन्दा ज्यादा वर्षा ,१५ लाख मानिसहरु अन्धकारमा बस्न बाध्य

इनेप्लिज २०७९ असोज ३ गते १९:२१ मा प्रकाशित

पुर्टो रिकोमा फिओना समुन्द्री आँधिबाट २ फिट भन्दा ज्यादा वर्षा भएको छ भने १५ लाख मानिसहरु अन्धकारमा बस्न बाध्य भएका छन् । १००० जनालाई उद्धार गरिएको छ ।

मंगलबारको अन्त्यसम्म अझ तीव्र वर्षा जारी रहने अनुमान गरिएकोले सोमबार थप बाढी र पहिरोको सम्भावना छ भनि संचार माध्यमहरुले समाचार लेखेका छन् ।

प्यूर्टो रिको अझै पनि फिओना पछि आपतकालीन प्रतिक्रिया चरणमा छ तर हाल टापुलाई अझै मानवीय सहायताको आवश्यकता नभएको गभर्नर पेड्रो पियरलुसीले सोमबार एक पत्रकार सम्मेलनमा भने।

“हामीलाई पहिलो प्रतिक्रियाकर्ताहरूबाट मद्दत चाहिन्छ,” उनले भने, न्यु योर्कका गभर्नर क्याथी होचुलले पहिले नै १०० पहिलो प्रतिक्रियाकर्ताहरू पुर्टो रिकोमा पठाउने वाचा गरिसकेकी छन्।

पियरलुसीले पुर्टो रिकोमा ४ गोदामहरू पर्याप्त खाद्यान्न र पानीको भण्डार गरिएको उनले बताए ।

राष्ट्रपति जो बाइडेनले गत आइतवार आपतकालीन प्रतिक्रिया स्रोतहरूलाई अनुमति दिँदै ठोस कदम चाल्न टापुमा संघीय आपतकालिन घोषणा गरे ।

विद्युत प्रसारण र वितरणको जिम्मेवारी लिने प्रतिष्ठान लुमा इनर्जीका अनुसार सोमबार बिहानसम्म करिब १ लाख ग्राहकले आफ्नो बिजुली पुर्नस्थापित गरिसकेको बताएको छ ।

सरकारी अधिकारीहरूले सोमबार बिहानसम्म आँधी सम्बन्धी कुनै पनि मृत्युको घटना नभएको बताएका छन ।

तस्बिर :एनबिसीन्यूज

प्रतिक्रिया