बेलायती राजा चार्ल्स प्रथम पटक राजा भए पछि दुवै सदनका संसदहरुलाई सम्बोधन गरेका छन् । उनले सोमबार, सेप्टेम्बर १२ ,२०२२ का दिन दुवै संसदका जन प्रतिनिधिहरुलाई सम्बोधन गरे ।
उनले बेलायती हाउस अफ कमन्स र लर्ड्सका सभामुखहरूलाई धन्यवाद दिदै आफ्नो मन्तब्य राखे ।
म हाम्रो इतिहासको भार महसुस गर्छु र जसले हामीलाई महत्त्वपूर्ण संसदीय परम्पराहरूको सम्झना गराउँदछ । संसद हाम्रो लोकतन्त्रको जीवित र श्वास सास लिने साधन हो,चार्ल्सले सम्बोधनको क्रममा भने ।
संसदमा आफ्नो पहिलो सम्बोधनमा चार्ल्सले आफ्ना जनतालाई रानीको “समर्पित सेवा” जारी राख्ने पुन वाचा दोहोर्याए । “हामी आज रानीको राष्ट्र र जनताको लागि समर्पित सेवाको उल्लेखनीय अवधिको सम्झनामा भेला भएका छौं,” राजाले भने।
सानै उमेरमा स्वर्गीय महारानीले आफ्नो देश र जनताको सेवा गर्ने वाचा गरेको कुरा स्मरण गराए ।
यो वाचा महारानीले अतुलनीय श्रद्धाका साथ राखिन्। उनले निःस्वार्थ कर्तव्यको उदाहरण बसालिन भन्दै म विश्वासपूर्वक वाचा पालना गर्न कटिबद्ध छु,चार्ल्सले भने।
चार्ल्सले संसदलाई सम्बोधन गर्ने क्रममा सांसदहरुलाई म मेरी आमाको सेवाको वाचा जारी राख्छु भनि विश्वास दिलाए ।
प्रतिक्रिया