विराटनगर,२५ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वमा सार्वजनिक विदा दिनु पर्ने बताउनु भएको छ ।
अप्पन विराटगढी परोपकार समाजद्वारा शनिबार यहाँ आयोजित ११ औं जितिया पर्व समारोह –२०७९को उद्घाटन गर्दै मैथली समुदायका महिलाहरुलाई मनाउने यस पर्वमा सार्वजनिक विदाका लागि आफुले सक्दो पहल गर्ने विश्वास दिलाउनु भयो ।
पूर्व प्रधानमन्त्री ओली यो पर्व सम्पूर्ण समुदायहरुमा साझा रुपमा मनाउनु पर्नेमा चर्चा गर्दै यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनु भयो ।
सदियौदेखि मनाउने यस पर्वको महिमाको विषमा वर्णन गर्दै उहाँले यसको महत्वको विषयमा समाजमा प्रचार प्रसार गर्ने पर्ने धारणा राख्नु भयो ।
समाजका अध्यक्ष बसुन्धरा झा लगायतले मुलुकको सातै प्रदेशमा मनाइने यो पर्वका सम्वन्धमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा मैथिली भाषा तथा संस्कृतिको संरक्षणमा सहयोग गर्नेहरुलाई सम्मान गर्नुका साथै मैथिली भाषामा नृत्य प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया