क्यानाडाको सास्काचेवानमा छुरा प्रहार गरी १० जनाको हत्या र १९ जनालाई घाइते बनाउने दोश्रो संदिग्ध अभियुक्तको पक्राउ पछि मृत्यु भएको छ । गत आईतबार देखि फरार रहेका दोस्रो संदिग्ध तीन दिनको खोजी पछि बुधबार पक्राउ पछि मृत्यु भएको अधिकारीहरूले बताए ।
अधिकारीहरूले ३० बर्षिय भाई माइलेस स्यान्डरसनलाई उनको खोजी गरि पत्ता लगाए र हिरासतमा लिएका थिए ।
उनको गिरफ्तारीको केही समय पछि उनलाई चिकित्सा कठिनाई भए पछि अस्पताल लगियो, जहाँ उनलाई मृत घोषित गरिएको रोयल क्यानाडियन माउन्टेड प्रहरी (आरसीएमपी)ले बुधबार राति जानकारी दिए ।
उनीहरूले भाई माइल्स स्यान्डरसनलाई गत मे महिना देखि खोजिरहेका थिए । आदिवासी समुदाय र सास्काचेवानको वेल्डन शहरमा गत आइतवार भएको छुरा प्रहारमा १० जनाको ज्यान गएको र १९ जना घाइते बनाएका दुई दाजुभाईहरू ३० बर्षिय माइलेस स्यान्डरसन र ३१ वर्षीय डेमियन स्यान्डरसन भएको पुष्टी गरेका थिए ।
दाई डेमियन स्यान्डरसनको गत सोमबार छुरा प्रहार गर्ने ठाउँ नजिकैको मैदानमा चोटहरु सहित मृत फेला परेका थिए। प्रहरीहरुले पीडितहरुको नाम पनि सार्वजनिक गरेको छ भने पीडितहरूमा २३ देखि ७८ वर्षका उमेरका रहेका छन् ।
एक बाहेक सबै जेम्स स्मिथ क्री नेसनको आदिवासी समुदायका रहेको अधिकारीहरूले बताए ।
प्रतिक्रिया