इरानी अदालतद्वारा समलिङ्गीता फैलाएको आरोपमा दुई महिला समलिङ्गी अधिकार कार्यकर्तालाई मृत्युदण्ड सजाय

इनेप्लिज २०७९ भदौ २० गते २२:१९ मा प्रकाशित

इरानी अदालतले समलिङ्गीता फैलाएको आरोपमा दुई महिला समलिङ्गी अधिकार कार्यकर्तालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

इरानले दुई एलजिबिटिक्यु अधिकारकर्मीहरूलाई “पृथ्वीमा विकृति फैलाएको” भन्दै मृत्युदण्डको सजाय दिएको अधिकार समूहहरूले बताएका छन् । यो फैसलाको कार्यान्वयन रोक्न अन्तर्राष्ट्रिय समुदायबाट दबाब दिन अभियानकर्ताहरूले सोमबार आह्वान गरेका छन् ।

दुई महिलाहरुमा ३१ वर्षीया जाहरा सेदिघी हमेदानी र २४ वर्षीय इल्हम चुब्दारलाई उत्तरपश्चिमी शहर उर्मियाको अदालतले मृत्युदण्डको सजाय सुनाएको हेङ्गाउ कुर्दिश अधिकार संगठनले जनाएको छ।

उनीहरूलाई देशको शरिया कानून तोडेको बारम्बार लगाइएको आरोप लगाईएको थियो । उर्मिया कारागारमा बसेको समयमा उनीहरुलाई सजाय सुनाइएको हो भनि सिबिएसन्यूजले समाचारमा उल्लेख गरेको छ ।

छोटो वक्तब्यमा इरानी न्यायपालिकाले सजाय जारी भएको पुष्टि गर्यो। हमेदानी बसेको इराकी कुर्दिस्तानबाट इरान फर्केपछि छिमेकी टर्कीमा भाग्न खोज्दा उनलाई गत अक्टोबरमा इरानी सुरक्षा बलले पक्राउ गरेको थियो।

सेदिघी हमेदानीलाई पछि झण्डै दुई महिना एकान्त कारावासमा राखिएको थियो । यौन झुकावका कारण इरानमा महिलालाई मृत्युदण्ड दिइएको यो पहिलो पटक हो ।

प्रतिक्रिया