जापोरिझिया भ्रमण पछि आइएईए प्रमुखले हाम्रो मुख्य चिन्ता कर्मचारीको सुरक्षा र बिजुली आपूर्ति भएको बताएका छन् ।
गत बिहीबार जापोरिझिया आणविक उर्जा केन्द्रको भ्रमण पछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा सँस्थाका महानिर्देशक राफेल ग्रोसीले भियनामा पत्रकारहरूलाई उनी कर्मचारीको सुरक्षा र बिजुली आपूर्तिको बारेमा चिन्तित रहेको बताए ।
“यो स्पष्ट छ कि युक्रेनको यस भागमा धेरै लडाईहरू भै रहेका छन्, त्यसैले देशको त्यो भागमा सैन्य गतिविधि र कारवाईहरू बढ्दै गएका छन्, र यसले मलाई धेरै चिन्तित तुल्याउँछ,” संयुक्त राष्ट्र संघको आणविक निगरानी निकायका प्रमुखले भने।
ग्रोसीले अगाडी भने हिजोको भ्रमणको क्रममा उनले र उनको टोलीले कारखानाको भवनहरूमा गोलाबारीबाट प्वालहरू र चिन्हहरू देख्यौ ।
“सुविधाको भौतिक अखण्डता एक पटक होइन, धेरै पटक उल्लङ्घन गरिएको छ। “ग्रोसीले भने।
युक्रेन र रुस दुवैले कारखाना र वरपर गोलाबारीको लागि एकअर्कालाई दोष दिएका छन्। ग्रोसीले कारखानामा धेरै निरीक्षकहरू त्यहाँ रहने कुरा दोहोर्याए ।
तस्बिर कृतज्ञता : रोयटर्स
प्रतिक्रिया