युक्रेनको जापोरिजिया आणविक उर्जा संयंत्रमा रेडियोधर्मी चुहावटको जोखिम

इनेप्लिज २०७९ भदौ ११ गते १६:३३ मा प्रकाशित

युक्रेनको राज्य ऊर्जा संचालकले युक्रेनको जापोरिजिया आणविक उर्जा संयंत्रमा रेडियोधर्मी चुहावटको जोखिम रहेको बताएका छन ।

जुन युरोपको सबैभन्दा ठूलो आणविक सुविधा हो र हाल रुसी सेनाको कब्जामा छ।

इनेरगोटमका अनुसार रूसी सेनाले बिगत केही दिनमा दक्षिणी युक्रेनको कारखानास्थलमा “बारम्बार गोलाबारी” गरेको थियो। यता रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले कारखानामा आक्रमण गरेको आरोपलाई प्रतिक्रिया दिएको छ ।

“आवधिक गोलाबारीको परिणाम स्वरूप चौकीको पूर्वाधारमा क्षति पुगेको छ, हाइड्रोजन चुहावट र रेडियोधर्मी पदार्थको छर्कनेको जोखिम छ, र आगोको खतरा उच्च छ,” इनेरगोटमले संचार माध्यम टेलिग्रामलाई भने।

सँस्था(एजेन्सी)ले शनिबार (०९:०० जिएमटि ) मध्याह्नसम्म कारखानाले “विकिरण र अग्नि सुरक्षा मापदण्डहरू उल्लङ्घन गर्ने जोखिममा सञ्चालन गरेको” बताएको छ।

अधिकारीहरूले विकिरण चुहावटको अवस्थामा कारखाना नजिकै बस्ने बासिन्दाहरूलाई शुक्रबार आयोडिन चक्की (ट्याब्लेट)हरू वितरण गर्न थालेका छन् ।

रुसको रक्षा मन्त्रालयले शनिबार युक्रेनी सेनाले पछिल्लो २४ घण्टामा आणविक केन्द्रको मैदानमा गोलाबारी गरेको बताएको छ ।

 

प्रतिक्रिया