रुसले युक्रेनको जापोरिजिया आणविक कारखानाका कामदारहरूलाई शुक्रबार काममा नआउन उर्दी

इनेप्लिज २०७९ भदौ ३ गते ११:१८ मा प्रकाशित

रुसले युक्रेनको जापोरिजिया आणविक कारखानाका कामदारहरूलाई शुक्रबार काममा नआउन भनेको छ ।

युक्रेनी अधिकारीहरुका अनुसार रुसले जापोरिजिया आणविक उर्जा कारखानाका केही कामदारहरूलाई शुक्रबार काममा नजान भनेको छ।

आधिकारिक संचारमाध्यम टेलिग्राम च्यानलमा युक्रेनको सैन्य गुप्तचरका मुख्य निर्देशकले बिहीबार भने, “कब्जाकर्ताहरूले अगस्त १९ मा एक अप्रत्याशित दिन बिदाको घोषणा गरे। आणविक कारखानामा केवल परिचालन कर्मचारीहरू हुनेछन्। अन्य सबै कर्मचारीहरूलाई प्रवेश निषेध गरिनेछ।”

अधिकारीका अनुसार रूसी आणविक सँस्था रोसाटोमका प्रतिनिधिहरूले पनि अस्थायी रूपमा कारखाना क्षेत्र छोडेका छन्।

युक्रेन र रुसले शुक्रबार कारखानामा उक्साउने योजना बनाएको चेतावनी दिएपछि यो आएको हो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया