अमेरिकी सभामुख पेलोसीले ताइवान छोडे पछि चीनद्वारा नजिकैको पानीतर्फ क्षेप्यास्त्रहरू प्रहार

इनेप्लिज २०७९ साउन १९ गते १०:४८ मा प्रकाशित

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान छोडे पछि चीनले टापु नजिकैको पानीतर्फ धेरै क्षेप्यास्त्रहरू प्रहार गरेको छ । चीनले बिहीबार उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको पानीतर्फ धेरै क्षेप्यास्त्रहरू प्रहार गरेको टापुको रक्षा मन्त्रालयले बताएको छ ।

बेइजिङले अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीलाई स्वागत गरेको बिषयलाई लिएर ताइपेईले मूल्य चुक्ता गर्ने आफ्नो वाचा पूरा गरेको छ।

चिनियाँ सेनाको पूर्वी युद्ध क्षेत्र कमाण्ड(पहरा)ले एक विज्ञप्तिमा ताइवानको पूर्वी भागबाट समुद्रमा धेरै क्षेप्यास्त्रहरू(मिसाइल)हरू प्रहार गरिएको जनाएको छ। सबै क्षेप्यास्त्रहरूले आफ्नो लक्ष्यमा सही प्रहार गरेको बताइएको छ।

“सम्पूर्ण प्रत्यक्ष प्रहार तालिम लक्ष्य सफलतापूर्वक सम्पन्न भएको छ र सम्बद्ध वायु र समुद्री क्षेत्र नियन्त्रण अब हटाइयो,” विज्ञप्तिमा भनिएको छ।

ताइवानले चिनियाँ लामो दूरीका प्रक्षेप्यास्त्रहरू ताइवान नाकामा रहेका मात्सु, वुकिउ, डोंग्यिन टापुहरू नजिक खसेको तर ताइवानको मुख्य टापु भन्दा मुख्य भूमिको नजिक रहेको बताएको छ।

चिनियाँ सरकारी संचार माध्यमहरुले ताइवान वरपर हवाई र समुद्री “नाकाबन्दी” को बहाना गर्न अभ्यास बुधवार सुरु भएको बताएका थिए ।

पेलोसीले गत बुधवार साँझ टापु छोडेपछि यो साताको अन्त्यमा जापानमा समाप्त हुने एसिया भ्रमणको अन्तिम यत्र बिश्रामहरू मध्ये एक दक्षिण कोरिया जाने क्रममा सैन्यहरुको जानाजानी प्रदर्शन गरिएको थियो भनि सिएनएनले समाचार लेखेको छ ।

बुधवार ताइपेईबाट पेलोसीको प्रस्थानको केही घण्टा भित्र रक्षा मन्त्रालयले चीनले ताइवान नाकाको मध्य रेखा पार गरेर २० भन्दा बढी लडाकु विमानहरू पठाएको बताएको छ ।

 

प्रतिक्रिया