बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई विन्स्टन चर्चिल पुरस्कारद्वारा सम्मान गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई डाउनिङ स्ट्रिट(लन्डनको सरकारी कार्यालय )मा आयोजित एक समारोहमा उनको नेतृत्वलाई सम्मान गर्नको लागि एक पुरस्कार प्रदान गरेका छन् । तर उनि भौतिक रुपमा पुरस्कृत नभई परोक्ष(भर्चुअल)माध्यमबाट पुरस्कृत भएका हुन् ।
राष्ट्रिय चर्चिल संग्रहालयको आधिकारिक संजालस्थल(वेबसाइट)का अनुसार दोस्रो विश्वयुद्धमा युरोपलाई शान्तितर्फ डोर्याउने बेलायतका पूर्व युद्धकालीन नेताको सम्झनामा “सर विन्स्टन चर्चिल पुरस्कार ” मानिएको अन्तर्राष्ट्रिय चर्चिल सोसाइटी(समाज )ले उनको भावनामा “असाधारण नेतृत्व प्रदर्शन” गर्ने व्यक्तिहरूलाई सम्मान गर्दछ भनि लेखिएको छ ।
“राष्ट्रपति जेलेन्स्कीले चर्चिल जत्तिकै कठोर नेतृत्वको परीक्षाको सामना गर्नु परेको छ,” जोनसनलाई अन्तर्राष्ट्रिय चर्चिल सोसाइटी(समाज)बाट जारी गरिएको समाचारमा उद्धृत गरिएको छ।
“उनले चर्चिल जस्तै आत्मसंयम विशिष्ट रूपमा नैतिक र शारीरिक साहसको वास्तविक अर्थ के हो भनेर संसारलाई देखाएका छन । चरम दबाबमा उनको सामना , मर्यादा र स्थिरताले लाखौंलाई उत्प्रेरित गरेको छ। उनलाई मेरो साथी भन्न पाउनु साँचो सम्मानको कुरा हो र आज उनलाई यो पुरस्कार प्रदान गर्न पाउनु मेरो ठूलो सौभाग्य हो, “जोनसनले भने।
डाउनिङ स्ट्रिट समारोहमा चर्चिल परिवारका सदस्यहरू र बेलायतका लागि युक्रेनका राजदूत भादिम प्रिस्टाइको पनि भौतिक रूपमा उपस्थित रहेको समाचार विज्ञप्तिमा भनिएको छ।
पुरस्कार ग्रहण गर्दै जेलेन्स्कीले भने: जित हासिल गर्न कति समय र मेहनत लाग्छ कसैलाई थाहा छैन, तर जित सार्थक छ। यो एक संयुक्त इतिहास बन्नेछ, जसरी चर्चिलको समयमा थियो। म तपाईलाई धन्यवाद दिन चाहन्छु, यो पुरस्कारको लागि धन्यवाद, युक्रेनका जनताको लागि पुरस्कारको लागि धन्यवाद ।
सामाचार/तस्बिर श्रोत :सिएनएन
प्रतिक्रिया