युरोपेली लगानी बैंकले युक्रेनका लागि थप १.५९ बिलियन युरो (१.६२ बिलियन डलर) आर्थिक सहायता उपलब्ध गराउने भएको छ । त्यति सहयोग गर्न युरोपेली संघको बैंकले वित्तीय सहायता स्वीकृत गरेको छ ।
युरोपेली लगानी बैंक (ईआईबि )जसलाई युरोपेली संघको बैंक पनि भनिन्छ । रुसको आक्रमणबाट परेको विनाशकारी प्रभावको बीचमा युक्रेनका लागि थप १.५९ बिलियन युरो (१.६२ बिलियन डलर) आर्थिक सहायता उपलब्ध गराउने भएको युरोपेली आयोगले सोमबार एक विज्ञप्तिमा जनाएको छ ।
प्रतिज्ञा गरिएको नयाँ रकम मध्ये १.०५ बिलियन यूरो ( १.०७ बिलियन डलर ) तुरुन्तै उपलब्ध गराइने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो आक्रमण सुरु भएदेखि गुट (ब्लक)द्वारा प्रदान गरिएको दोस्रो आर्थिक सम्पुष्टि (प्याकेज )हो र यसले युक्रेनलाई “सबैभन्दा अत्यावश्यक क्षतिग्रस्त पूर्वाधार मर्मत गर्न र युक्रेनी जनताको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने महत्वपूर्ण परियोजनाहरू पुनः सुरु गर्न मद्दत गर्नेछ,” आयोगले बताएको छ ।
रुसको क्रूर आक्रामकताको सामना गर्दा युरोपेली संघ युक्रेन र यसका जनताको समर्थन र पक्षमा उभिने अर्थतन्त्रका लागि ईयूका कार्यकारी उपाध्यक्ष वाल्डिस डोम्ब्रोभस्किसले विज्ञप्तिमा भनेका छन्।
युक्रेनका अर्थमन्त्री सेर्ही मार्चेन्कोले ईआईबि र युरोपेली संघलाई उनीहरूको समर्थनका लागि कृतज्ञता व्यक्त गरेका छन् ।
“यस आर्थिक सहयोगमा हामी क्षतिग्रस्त पूर्वाधार पुनर्स्थापना गर्ने, यातायात सेवा सहित नगरपालिका सेवाहरूको प्रावधान पुन: सुचारु गर्ने र आगामी गर्मी मौसमको लागि तयारी गर्ने काम जारी राख्नेछौं,” मार्चेन्कोले भने।
प्रतिक्रिया