तिमिले आफ्नो मायामा ………….

गोबिन्द राज ओझा (राजन) २०७९ साउन ६ गते ११:०२ मा प्रकाशित

 

तिमिले आफ्नो मायामा मलाई फसायौ           

भेटेपछि कुरा गरौला भनि यहि रोकिन बाध्य बनायौ

तिम्रो त्यो बोलाईले माया बस्यो,मायाले बाच्न सिकायो

मेरो मन खुसि भएर दिलमा तिमिलाई बसायो

 

यि मेरा नयनमा तिमिले बास गर्नुथ्यो

सयौ जुनि सँगै हुने कसम हामिले खानुथ्यो

तिम्रो लागि म यहाँ बाचेको छु

तिमिलाई भेटन यहाँ आएको छु

तिम्रो त्यो बोलाईले माया बस्यो,मायाले बाच्न सिकायो

मेरो मन खुसि भएर दिलमा तिमिलाई बसायो

 

मेरो मनको पिडा सबै तिमिले हरिदिन्छौ

यो मेरो मनलाई सधै खुसि बनाई राख्छौ

तिमिले त्यो गाउँमा बसि राख्नु भन्थ्यो

छिट्टै हाम्रो बिहे हुन्छ भन्थ्यौ     

तिम्रो त्यो बोलाईले माया बस्यो,मायाले बाच्न सिकायो

मेरो मन खुसि भएर दिलमा तिमिलाई बसायो                     

 

 

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

 

प्रतिक्रिया