रुसले युक्रेनी एमआई–१७ उदग्रबिमान (हेलीकप्टर)तथा एसयू–२५ विमान खसालेको दाबि गरेको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार रुसी विमानले युक्रेनी पूर्वी शहर स्लोभियान्स्क नजिकै युक्रेनी एमआई-१७ हेलिकप्टर(उदग्रबिमान) र खार्किभ क्षेत्रमा एउटा एसयु -२५ विमान खसालेको दाबी गरेको छ ।
मस्कोले आफ्नो सैन्य कारवाईलाई बढाएको जनाएको छ।
साथै रुसका लामो दूरीको हवाईमा आधारित क्षेप्यास्त्रहरूले दक्षिणी युक्रेनी शहर ओडेसाको औद्योगिक क्षेत्रमा रहेको एउटा भण्डारलाई नष्ट गरेको समेत बताएको छ ।
नेटो देशहरूले युक्रेनलाई पठाएको हार्पुन जहाजमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू भण्डारण गरेको थियो भनि रुसको दाबि रहेको छ ।
तर रोयटर्सले उक्त दाबीलाई तुरुन्तै दाबी प्रमाणित गर्न सकेन भनि समाचारमा जनाएको छ ।
प्रतिक्रिया