युएईद्वारा खशोगीका पूर्व वकिललाई ३ वर्षको कारागार सजाय ,८ लाख १६ हजार डलर जरिवाना

इनेप्लिज २०७९ साउन १ गते १२:०१ मा प्रकाशित

एसोसिएटेड प्रेस। युएईले खशोगीका पूर्व वकिललाई ३ वर्षको जेल सजाय सुनाएको छ ।

संयुक्त अरब इमिरेट्सले एक अमेरिकी नागरिक र २०१८ मा इस्तानबु स्थित साउदी अरबको वाणिज्य दूतावासमा मारिएका साउदी पत्रकार जमाल खशोगीका पूर्व वकिललाई कर छली तथा अबैध आर्थिक कारोवारको आरोपमा तीन वर्षको जेल सजाय सुनाएको छ।

अमेरिकी नागरिक तथा वकिल असिम गफूरलाई निर्वासन गरिने युएईको सरकारी सञ्चालित डब्लुएएम समाचार सँस्थाले शनिबार बिलम्ब समाचार सार्वजनिक गरेको छ ।

अबु धाबी मनी लान्ड्रिङ अदालत (पैसा अबैध कारोवार)ले गफूरलाई उनको अनुपस्थितिमा दोषी ठहर गरेको कारणले ८ लाख १६ हजार ७ सय ४८ डलर जरिवाना तिर्न आदेश दिएको छ।

युएईले गफूरको गिरफ्तारीलाई “अन्तर्राष्ट्रिय अपराधहरू विरुद्ध लड्न” संयुक्त राज्य अमेरिकासँगको समन्वयात्मक कदमको रूपमा प्रस्तुत गरेको छ। इमिरेटी राज्य-संचालित संचार माध्यमले युएईलाई गफूरको कथित कर छली र इमिरेट्समा संदिग्ध पैसा स्थानान्तरणको अनुसन्धानमा मद्दतको लागि अनुरोध गरेको बताए।

गफुरलाई आफ्नो विरुद्धमा कुनै पनि मुद्दाको बारेमा कुनै जानकारी थिएन भनि पाकिस्तानी चर्चित पत्रिका डाउनले उल्लेख गरेको छ ।

प्रतिक्रिया