न्यूयोर्कको भूमिगत रेलमार्गमा १४ बर्षिय किशोरको छुरा प्रहारबाट मृत्यु

इनेप्लिज २०७९ असार २६ गते १८:४९ मा प्रकाशित

न्यूयोर्कको भूमिगत रेलमार्गमा १४ बर्षिय किशोरको छुरा प्रहारबाट मृत्यु भएको छ । गत शनिबार दिउसो उक्त घटना भएको न्यूयोर्क प्रहरी विभागले जनाएका छन् ।

भूमिगत रेलमार्ग (सबवे स्टेशन)मा जानु अघि ह्यामिल्टन हाइट्सको सेन्ट-सिटी कलेज स्टेशन नजिकै जमिनमा झगडा सुरु भएको प्रहरीले विश्वास गरेको छ।

दिउँसो ३ बजेतिर उत्तरतर्फ जाने एक मार्ग तर्फ जाने रेलमार्गमा पेटमा छुरा प्रहार गरिएको थियो भनि एनबिसीन्यूजले समाचार लेखेको छ ।

प्रहरीले पछि घटनास्थलबाट एउटा चक्कु र एउटा डण्डा (ब्रुमस्टिक )बरामद गरेको अधिकारीहरूले बताएका छन्।

किशोरलाई न्यूयोर्कको माउन्ट सिनाई मर्निङसाइड अस्पतालमा मृत घोषित गरिएको थियो,। प्रहरीले उनको परिवारलाई सूचित नगरेसम्म उनको नाम सार्वजनिक नगरिएको बताए।

प्रतिक्रिया