।। भाषाघात मूर्खतापूर्ण ,जघन्य र अक्षम्य अपराध हो ।। भाषाघात गर्ने कार्य , एउटा शत्रु रष्ट्रले अर्को शत्रु

इनेप्लिज २०७९ असार २५ गते २३:५९ मा प्रकाशित

 

।। भाषाघात मूर्खतापूर्ण ,जघन्य र अक्षम्य अपराध हो ।।
भाषाघात गर्ने कार्य , एउटा शत्रु रष्ट्रले अर्को शत्रु
राष्ट्रका नागकहरूमाथि समेत नगर्ने र गर्नै नहुने अमानवीय
अत्याचार हो । सामान्य चेतना भएका पशुपन्छी ,
जन्तुजनावर र विवेकहीन भनिएका दानवहरूले समेत
आफ्नो भाषालाई मास्ने, मेटाउने,कटाउने र घटाउने
तुच्छ कुकर्म गरेका छैनन । आफ्नै देशको मौजुदा

संविधान र संयुक्त राष्ट्रसंघको बडापत्रको समेत विपरित र वर्खिलाप हुनेगरी, आफ्नै देशको सरकारले, आफ्नै देशका नागरीकहरूलाई, आफ्नै भाषाको लिपि, वर्णाक्षर र अंकहरू समेत सधैंका लागि समाप्त पार्ने गैरकानूनी, आत्मघाती, भाषामारा  ईम्बोष्डू को आवरणमा नेपाली भाषालाई नै समाप्त पार्ने आपत्तिजनक कार्य कुनैपनि हालतमा मान्य र स्वीकार्य नहुने तथ्य कानून व्यवसायीहरू, प्राज्ञ, एवं प्रबुद्ध व्यक्तिहरूले बताउनु भएको छ । नेपाली शिक्षापरिषदको आयोजनामा, लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा भएको उक्त विचार गोष्ठी, नेपालमा सञ्चालित भएका र हुने सवारीका साधनहरूमा देवनागरी लिपि, अक्षर र अंकहरू नै अनिवार्य छ भन्ने विषयमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ , आनन्द सन्तोषी राई, देवनागरी लिपि चौसट्ठी वर्णाक्षर अंकहरू बचाऊँ अभियानका अभियन्तार अधिवक्ता रामेश्वर राउत मातृदास, सर्वोच्च बारका कोषाध्यक्ष विनोद कार्की, नेपाल प्रज्ञा प्रतिष्ठाका काव्य विभाग प्रमुख प्रा। डा हेमनाथ पौडेल, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेल, प्रविधि विशेषज्ञ सन्त बस्नेत, मदन पुरस्कर गुठीको प्रतिनिधि रूपा जोशी आदि वक्ताहरूले असंवैधानिक ईम्बोष्ड नम्बर प्लेटको खुलेर विरोध गर्नुभएको थियो । कुनैपनि जिम्दा नेपालीहरूले आफ्नै भाषा मास्ने र मार्ने अत्याचारको भारी बोक्न नहुने तर्क र तथ्य उक्त विचार गोष्ठीका सम्पूर्ण वक्ताहरूले आआफ्ना अभिमतद्वारा पेश गर्नु भएको थियो । कार्यक्रम नेपाली शिक्षापरिषदकी अध्यक्षा रमा शर्माको सभाध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा साहित्यकारहरु भाग्यशाली अधिकारी, जगदिश्वर पोखरेल, डा. बमबहादुर थापा जिताली, अरुणबहादुर खत्री नदी, सावित्री खरेल, रमेश खकुरेलको उपस्थिति थियो ।

प्रस्तुतिः अरुण नदी खत्री

प्रतिक्रिया