युरोपेली आयोगका नेताले युक्रेनको ईयू सदस्यता प्रस्तावको मुक्त कण्ठले प्रशंसा गरेका छन ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले शुक्रबार युक्रेनी संसदमा परोक्ष (भर्चुअल)भाषणको क्रममा युक्रेनलाई सदस्यता लिन जति लामो समय लागेता पनि युक्रेनलाई समर्थन गरि रहने दोहोर्याईन ।
“युक्रेनले जति समय लिन्छ युक्रेनको साथमा युरोप उभिनेछ। तपाई विजयी नभएसम्म हामी आराम गर्ने छैनौं। अग्र पंक्तिमा रहेका तपाईहरुका बहादुर सिपाहीहरूले युक्रेन र यसका जनताको माटोको रक्षा गर्न अन्तिम बलिदान दिइरहेका छन् र सीमाको पछाडि यस राष्ट्रिय प्रयासलाई समर्थन गर्न अन्य अनगिन्ती युक्रेनीहरू काम गरिरहेका छन् र तिनीहरू सबैले आफ्नो देशको उज्ज्वल भविष्यको आशा राख्छन्, “लेयनले युक्रेनी सांसदहरूलाई सम्बोधनको क्रममा भनिन ।
पाँच महिना अघि युक्रेनलाई युरोपेली संघको उम्मेद्वारको दर्जा दिनु “अकल्पनीय” हुने थियो ,उनले थपिन । उनले सम्बोधन गर्दा युक्रेनी सांसदहरुले उभिएर कर्तल ध्वनिले स्वागत गरेका थिए ।
युद्धका यी अँध्यारो दिनहरूदेखि तपाईहरुले हाम्रो युरोपेली संघमा पुग्ने ढोका पार गर्ने क्षणसम्म अगाडी लामो मार्ग छ तर युरोप हरेक पाइलामा तपाईको पक्षमा हुनेछ ”उनले भनिन्।
प्रतिक्रिया