युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युरोपेली संघ( ईयू)को सदस्यता प्राप्त गर्नु “हाम्रो भविष्यको दृष्टिकोणको छनौट” हो भने ।
“आज वा भोलि, र मलाई थाहा छ तपाईहरुलाई यो थाहा छ, हामीसँग ईयु सदस्यताको लागि उम्मेद्वार स्थिति प्राप्त गर्ने ठूलो मौका छ,” जेलेन्स्कीले जेरुसेलमको हिब्रू विश्वविद्यालयमा आफ्नो परोक्ष (भर्चुअल)सम्बोधन पछि प्रश्न उत्तरको सत्रमा भने।
“युक्रेनले आफ्नै छनोट गरेको छ, … युरोपेली संघको नजिकको भविष्य र चाँडै हामी त्यो परिवारको हिस्सा हुनेछौं। हामीले त्यसका लागि धेरै त्याग गरेका छौं,” उनले भने।
“तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यो हाम्रो छनौट हो – हाम्रो भविष्यको दृष्टिकोणको छनौट हो ।” उनले थपे ।
जेलेन्स्कीले युद्ध समाप्त भएपछि युक्रेनले “ईयूको हिस्सा हुने युरोपेली राज्य निर्माण” मा ध्यान केन्द्रित गर्ने तर रुसबाट खतरा कायमै रहने बताए।
“हामीले हाम्रो छिमेकी रुस हो भन्ने कुरा प्रष्ट रूपमा बुझ्नेछौं र हामीले युद्ध समाप्त गरेर जित्यौं भने पनि १० वा २० वर्षमा रुसले हामीमाथि फेरि आक्रमण गर्न सक्छ। म यो भइहाल्छ भनेर भन्दिन तर त्यहाँ एउटा सम्भावना छ ।” उनले भने ।
जेलेन्स्कीले युक्रेनको सुरक्षा संस्थाको विकास पुनर्निर्माण प्रक्रियाको एक महत्वपूर्ण भाग हुनेछ। “सबै सार्वजनिक स्थानहरूमा सुरक्षा – हाम्रो देशको सिमानादेखि सुरु गरी केन्द्रसम्म,” उनले भने।
‘हामीले धेरै कानुनको मस्यौदा तयार गरेका छौं, धेरै सुधार गरेका छौं,’ उनले थपे।
प्रतिक्रिया