चुरे पहाडको संरक्षण हुनु पर्छ–पूर्वराष्ट्रपति डा यादव

इनेप्लिज २०७९ जेठ २८ गते १६:२४ मा प्रकाशित


विराटनगर, २८ जेठ(रासस): पूर्वराष्ट्रपति डा रामवरण यादवले तराईको हुलाकी मार्ग समयमै निर्माण नभएकाले चुरे पहाडको दोहन भइरहेको बताउनुभएको छ ।
पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा सम्मान ग्रहण गर्दै उहाँले अत्रको भण्डार मानिएको नेपालको तराई चुरे दोहनले समस्यामा परेको स्पष्ट पार्नुभयो ।

उहाँले चुरेको संरक्षणले महाभारत र तराई पनि संरक्षित हुने कुरामा जोड दिँदै पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्बाट सम्मानित हुन पाएकोमा गर्व भइरहेको बताउनुभयो ।

पूर्वराष्ट्रपति डा यादवले पिताजी कृष्णप्रसाद कोइराला समाजका परिवर्तक हुन् उहाँको योगदानलाई नयाँ पिढीले अध्ययन गर्नु आवश्यक रहेको चर्चा गर्दै देशको एकता र अखण्डतालाई कायम राख्न लोकतन्त्रको धरै ठूलो भूमिका छ भत्रुभयो ।

लोकतान्त्रिक पद्धतिबाट नै समाजलाई परिवर्तन गर्न सकिने विचार बोकेका पिताजी कृष्णप्रसाद कोइराला त्यागी, समाजसेवी, शिक्षा प्रेमी र परिवर्तनका अग्रणी रहेको चर्चा गर्दै पूर्वराष्ट्रपति डा यादवले आफू अहिले स्वतन्त्र रहेपनि विद्यार्थी जीवन देखि लागेको पार्टीबाट नेपालको प्रथम राष्ट्रपति बनेकामा गर्व लागेको धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पूर्वराष्ट्रपति डा यावदलाई सम्मान पत्र हस्तान्तरण गर्दै क्षणि लाभका लागि राजनीतिक गर्ने मानिसबाट समाजले लाभ लिन नसकिने बताउनुभयो ।

उहाँले पिताजी कृष्णप्रसाद कोइरालाको पदमार्गमा हिड्न सके समाज अझ बलियो र बिकसित हुने धारणा राख्दै चुरे पर्वत दोहनको विषयमा सरकार बेखर रहेको कुरामा जोड दिनुभयो

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्वर्गीय पिताजी कृष्णप्रसाद कोइरालाले नै विराटनगर सहर बसाएको प्रसङ्ग उल्लेख गर्दै समाजलाई परिवर्तन गर्न, विकास गर्न र मुलुकमा प्रजातन्त्र ल्याउन पिताजी कोइरालाको योगदानको अपूर्णीय छ भत्रुभयो ।

कार्यक्रममा कार्यक्रममा परिषद्का अध्यक्ष कविराज न्यौपाने, प्राडा घनश्याम लाल दास, परिषद् सदस्य विश्वनाथ रिजाल, प्राडा कुलप्रसाद कोइरालाले पनि बोल्नुभएको थियो ।

यसअघि विराटनगर महानगरपालिकाको बगरगाछी चोकमा स्थापित पिताजी कृष्णप्रसाद कोइरालाको प्रतिमालाई पूर्वराष्ट्रपतिले अनावरण गर्नुभएको थियो।

प्रतिक्रिया