युक्रेनद्वारा पुटिन र उच्च पदस्थ रुसी अधिकारीमाथि प्रतिबन्ध

इनेप्लिज २०७९ जेठ २७ गते ११:३० मा प्रकाशित

युक्रेनले पुटिन र उच्च पदस्थ रुसी अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध व्यक्तिगत प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

जेलेन्स्कीले क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभ, रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन र उनका उपप्रधानमन्त्रीहरू, सबै मन्त्रीहरू र रुसका सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभलाई लक्षित गर्दै प्रतिबन्धहरूको घोषणा पनि गरेका छन्।

नयाँ लागू गरिएका प्रतिबन्धहरूमा सम्पत्तिहरू अवरुद्ध गर्ने, युक्रेनमा प्रवेशमा प्रतिबन्ध लगाउने, र अनुमति पत्र र अनुमतिहरू रद्द गर्ने वा निलम्बन गर्ने आज्ञा जारी गरिएको छ । प्रतिबन्धहरू अनिश्चितकालका लागि लगाइँदै छन भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया