खाजाको प्याकेट

अरुणबहादुर खत्री “नदी” २०७९ जेठ २४ गते १०:५३ मा प्रकाशित

निलो रंगको पिक्याप टोपी लगाएर कालो रंगको झोला बोकेको एकजना अपरिचित व्यक्तिलाई मैले जुनसुकै साहित्यिक कार्यक्रम पुस्तक विमोचन तथा सम्मान हुंदा देख्ने गर्दथे । कहिलेनेपाल बार एशोसियसनको हलमा, कहिले प्रज्ञा प्रतिष्ठानको हलमा, कहिले पद्मकन्या क्याम्पसको डेनिस हलमा, कहिले लेखनाथ साहित्य सदनको हलमा, कहिले नेपाल पर्यटन बोर्डको हलमा, कहिले राष्ट्रिय सभा गृहको हलमा उसलाई मेरो आँखाले देख्ने गर्दथ्यो । ऊ जुन कार्यक्रममा पनि कसैसंग बोल्ने गर्दैनथ्यो । त्यसैले ऊ साहित्यकार हो जस्तो मलाई लाग्दैनथ्यो । एकपटक नेपाल पर्यटन बोर्डको हलमा कार्यक्रम नसकिदै उसले भोक लाग्यो खाजाको प्याकेट बाडेको भए गएर खानु प¥यो भनेर खाजाको प्याकेट लिएर आफ्नो झोलाभित्र राख्यो । केहि समयपछि कार्यक्रम सकिएर खाजा खान सबैजना लाइन लागेर उभिदा ऊ पनि त्यस लाइनभित्र पसेर खाजाको प्याकेट लिएर खायो । खाजा खाइसकेपछि उसले फेरि अर्को खाजाको प्याकेट लिएर आफ्नो झोलाभित्र राखेको मेरै आँखाले देख्नुप¥यो । तर मैले कसैसंग यसबारेमा भन्न मन नलागेर भनिन ।

अर्को पटक प्रज्ञा प्रतिष्ठानमा दोभान साहित्यिक संस्थाले विभिन्न साहित्यकारहरुलाई सम्मान गर्दा त्यो व्यक्तिले खाजा खाइरहेको मैले देखे । मसंग गफ गरिरहने व्यक्तिले मलाई खुसुक्क अरुले नसुन्ने गरेर “थाहा छ यो निलो रंगको टोपी लगाउने व्यक्ति जुन कार्यक्रममा पनि पुगेको मैले देख्दछु यसले खाजा पनि एकपटक खाइसकेपछि फेरि दोर्यायाएर खाजाको प्याकेट लिएर खाएको मैले देखिरहन्छु” भन्यो । “मैले पनि साहित्यिक कार्यक्रममा ठाउं ठाउंमा निम्तो पाएर पुग्दा त्यो व्यक्तिलाई खाजाको प्याकेट दोहो¥याएर खाएको पनि देखेको छु र एकदुई प्याकेट आफ्नो झोलाभित्र पनि राखेको देखेको छु” मैले भने । मेरो आवाज ठूलो भएकोले अर्को व्यक्तिले सुनेर “घरमा खान नपाउने भएर झोलामा हालेर लगेको पनि हुनसक्छ त्यो व्यक्तिले” भने । “अहिले बेरोजगारीहरुको संख्या बढ्दो छ यो व्यक्तिले कहि काम पनि गरेको छैन होला त्यसैले साहित्यिक कार्यक्रम आज कहाँ हुंदैछ होला भनेर हिडिरहन्छ होला नि” अर्को व्यक्तिले भने । “त्यसैले यो व्यक्तिले झोला सधै बोकेर हिडेको मेरो आँखाले देख्दछु र झोलाभित्र केही सामान चाहि हुंदैन होला खाजाको प्याकेट घरमा लैजानको लागि नै उसले बोकेर हिड्ने गरेको होला यो झोला” मैले भने । “यिनै बेरोजगारी व्यक्तिहरुले दिनहुं आन्दोलन गरेर देसमा लोकतन्त्र ल्याएका हुन् खै अहिले जागिर खान पाएका ?” यिनै व्यक्तिले अर्को बृद्धा व्यक्तिले आँखाबाट आंसु झारेर भने ।

सामाखुशी साहित्य समाज, ९३५÷५४,
काठमाडौं (नेपाल) मोबाइल ९८४१७९७६६४

प्रतिक्रिया