लोभले लाभ

अरुणबहादुर खत्री “नदी” २०७९ जेठ २२ गते १९:५८ मा प्रकाशित

 

एकदिनको कुरा हो घर नजिकैको एउटा किराना पसलमा पुगेर ‘अण्डा एक क्रेटको कति साहुनी’ भनेर सोधे । साहुनीले ‘तिनसय तिस रुपैँया मात्रै भनिन् । ‘तिनसय रुपैँयामा दिन मिल्दैन मैले भने । ‘तपाईलाई तिनसय दश रुपैँयाभन्दा घटीमा म दिन सक्दिन’ साहुनीले भनिन् । तिनसय रुपैँयामा यो पसलमा किन्न नपाए पनि अरु पसलमा किन्न पाइहालिन्छ नि भनेर म आफ्नो बाटो फर्के ।

अरु पसलहरुमा अण्डाको भाउ सोध्दा कही तिन सय तिस कहि तिन सय चालिस कहि तिन सय बिस भन्दा घटीमा पाउन सकिन । तिनसय बिस भन्दा घटीमा कुनै पसलमा पनि पाउन नसकेपछि अण्डा कुनै पसलमा पनि नकिनेर म आफ्नो घरतर्फ लागे ।

त्यसको भोलिपल्ट फेरि त्यही तिनसय दश रुपैँयासम्म दिन सक्छु भन्ने पसलमा तिनसय दशमा भए पनि एक क्रेट अण्डा लग्नु पर्यो भनेर म अण्डा किन्न पुगे । ‘अण्डा एक क्रेट दिनुस् न साहुनी’ भने । साहुनीले एक क्रेट अण्डा झिकेर मलाई प्लाष्टिकको थैलीमा हालेर दिइन् । ‘कति भयो नि साहुनी ? मैले भने । ‘तिनसय तिस रुपैँया भयो साहुनीले भनिन् । ‘हिजो तपाईले तिनसय दश सम्म एक क्रेट अण्डा दिन सक्छु भन्नु भएकोले मैले तिन सय दश रुपैँया मात्रै लिएर तपाईकहाँ आज अण्डा किन्न आएको छु तिन सय दशमा दिनुस् न साहुनी’ मैले भने ।

‘हिजो तपाईले मकहाँ अण्डाको भाउ एक क्रेटमा बिस रुपैँयासम्म घटाइदिदा पनि लैजानु भएन आज तिनसय दशमा दिन म सक्दिन आज बाट फेरि अण्डाको भाउ बढेर आएको छ नि’ साहुनीले भनिन् । मान्छेले भनेको सुनेको थिएँ मैले लोभले लाभ लाभले विलाप हुन्छ भनेर । तर आज मैले दश रुपैँयाको लोभले गर्दा उल्टो बिस रुपैँयाको नोक्शान व्यहोर्नु पर्यो तिनसय दश रुपैँयामा पाएको अण्डा तिनसय तिस रुपैँया तिरेर लैजानु पर्यो ।

सामाखुसी साहित्य समाज,
सामाखुसी मार्ग, ९३५÷५४, सरकारी धारा, काठमाडौं
मोबाइल नं. ९८४१७९७६६४

 

प्रतिक्रिया