नमस्कार

– अरुण नदी खत्री २०७९ जेठ १९ गते २:५१ मा प्रकाशित

 

कोरोना भाइरस अर्थात् कोभिङ–१९ को माहामारी फैलिन थालेपछि स्कुलमा पढ्दै गरेको माधवले भगवानको मूर्तिमा पनि ढोग्न छाड्यो।

भगवानको दर्शन गर्न जाँदा सधैँ ढोग्ने माधवले एक मिटर परैबाट नमस्कार गरेको देखेपछि छिमेकी मेनुकाकी आमाले सोधिन्, “के हो माधव ? तिमीले भगवानको मूर्तिलाई नढोगेर किन नमस्कार गर्यो ?”

माधवले भन्यो, “तपाईँलाई थाहा छैन र आमा ? कोरोना भाइरस फैलिन थालेपछि ‘हामी सबैले नमस्कार गरौं, हात मिलाउन छाडौँ’ भनेर रेडियोबाट सूचना बजिरहन्छ नि ।”

“ए हो त नि मैले त भुसुक्क बिर्सेकी रहिछु । अबदेखि हामी सबै पनि एक मिटरको दुरी कायम गरौँ । एकले अर्कोसँग हात मिलाउने वा नजिक हुने नगरौं । नमस्कार गरौ भनिरहेको छ नि माधव ।” मेनुकाकी आमाले भनिन् ।

“थाहा छ आमा, अबदेखि दशैँमा मलाई मेरो बुबा आमा दाजु र दिदीहरुले निधारमा टिका र जमरा लगाइदिनु हुँदा म नमस्कार गर्छु ढोग गर्दिन ।” माधवले भन्यो ।

“त्यसो भए माधव जमरा र टिका पनि तिम्रो निधारमा लगाइदिनु भएन नि एक मिटर परै राखिदिनु पर्ने भयो नि ।” मेनुकाकी आमाले भनिन् ।

सामाखुशी मार्ग, सरकारी धारा, काठमाडा

प्रतिक्रिया