नयाँ पसल

अरुणबहादुर खत्री “नदी” २०७९ जेठ १२ गते १:२३ मा प्रकाशित

 

बिहान म बिरामीले खानको लागि कुखुराको मासु किन्न मासु बेच्ने पसलमा पुगे । ‘मलाई डेढ पाउँ जति कुखुराको छाती दिनुस् न साहुनी मैले भने । साहुनीले मलाई दिन कुखुराको मासु काट्न लाग्दा ‘हड्डी बोसो र छाला चाहि सकेसम्म नदिनुहोला नि मैले बिरामीले खानको लागि कुखुराको मासु किन्न आएको हु’ भने ।साहुनीले डेढ पाऊ जति मलाई कुखुराको मासु जोखेर मसिनो टुक्रा पारेर दिइन् ।मैले ‘कति रुपैँया भयो साहुनी’ भने।साहुनीले ‘एकसय पाँच रुपैया भयो’ भनिन्।मैले आफ्नो गोजीबाट साहुनीलाई एकसय पाँच रुपैँया निकालेर दिए।

मासु घरमा लगेर भान्छे श्रीमतीलाई दिए।श्रीमतीले ‘हजुरले त मासु भन्दा धेरै हड्डी र छाला पो ल्याउनु भएछ नि भनिन्।‘बिरामीको लागि मासु किन्न आएको हुं भन्नु भएन मासु बेच्ने पसलमा’ भनिन्।‘बिरामीले खानको लागि कुखुराको छाती किन्न आएको हुं किन नभन्नु नि’ मैले भने।

‘अबदेखि त्यो पसलमा म मासु किन्न जाँदिन अर्कै पसलमा गएर मासु किनेर ल्याउछु’ मैले भने।अर्को पटक अर्कै पसलमा गएर मासु किनेर ल्याए।अर्कोपटक अर्कै नयाँ पसलबाट मासु किनेर घरमा लैजादा ‘आज त बिरामीले खाने जस्तो राम्रो फल मासु ल्याउनु भएछ नि’ श्रीमतीले भनिन्।‘पहिलो पटक किन्न गएको भएर सधैं म आज मासु किनेको पसलमा किन्न जान्छु भनेर राम्रो मासु दिएको हुन सक्छ’ मैले भने।मेरो कुरा सुन्न नपाउंदै श्रीमतीले ‘अब अर्को दिन मासु किन्न जाँदा अर्कै नयाँ पसलबाट किनेर ल्याउनु नि त’ भनिन्।पसलबाट किनेर ल्याएको मासुको हड्डी,छाला र बोसो

अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग, सरकारी धारा, ९३५÷५४
मोबाइल ९८४१७९७६६४
काठमाडौं (नेपाल)

प्रतिक्रिया