साइत

अरुणबहादुर खत्री “नदी” २०७९ जेठ १२ गते १:१० मा प्रकाशित

देवेन्द्र बिहान घरबाट कार्यालयतर्फ जान लाग्दै गर्दा उसकी श्रीमती मायादेवीले रित्तो बाल्टीन हातमा झुण्ड्याउदै धारामा पानी थाप्न लगेकी थिइन्।देवेन्द्रले आज घरबाट निस्केर कार्यालय जान लाग्दा रित्तो बाल्टीन देख्नु पर्यो आजको दिन साइत पर्ने भएन मनमनै भन्यो।

कार्यालयमा दिउँसो एकबजेपछि उसलाई भेट्न उसँगै स्कुलमा पढेका दुईजना साथीहरु पुगे।आधा घण्टाजति साथी साथी बीच कुराकानी गरेर सकेपछि साथीहरुले “हामीलाई भोक लाग्यो यहाँ खाजा खाने ठाउँ छैन” भने।देवेन्द्रले “खाजा खान कार्यालयबाट बाहिर निस्कनुपर्छ” भन्यो।“जाउ न त बाहिर गएर खाजा खाउ” उसलाई भेट्न पुगेको साथी मदनले भन्यो।साथीहरुलाई साह्रै भोक लागेकोले रोटी र तरकारी खाउ भने देवेन्द्रले साथीहरुलाई खान मन लागेको चिज मगायो।खाजा खाएर सकेपछि देवेन्द्रले करिब पाँचसय रुपैँया होटलमा साहुजीलाई दियो।

बेलुका घर पुगेपछि देवेन्द्रले उसकी श्रीमतीलाई “आज म कार्यालय जान लाग्दा तिमीले रित्तो बाल्टीन झुण्ड्याउदै गएको देखेकोले आज मेरो कार्यालयमा दुईजना साथीहरु आएका थिए।उनीहरुलाई भोक लाग्यो भनेर खाजा मगाउदा पाँचसय रुपैँया खर्च हुन पुग्यो नि” भने।“त्यसो भए भोलिदेखि हजुर कार्यालय लाग्दा म भरी बाल्टीन देखाउछु भरी बाल्टीन देखाएपछि साइत पर्छ” श्रीमतीले भनिन्।

अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग, सरकारी धारा, ९३५÷५४
मोबाइल ९८४१७९७६६४
काठमाडौं (नेपाल)

प्रतिक्रिया